बिर्तामोड पुस । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको नयाँ कार्यसमिति निर्वाचन प्रक्रियाबाट चयन भएको छ ।
सन् २०२४ को लागि अध्यक्ष पदमा मेनुका ओली (मिनु) निर्वाचित भएकी छन् । अर्की अध्यक्ष पदकी उम्मेदवार युनिता दवाडीलाई पराजित गर्दै ओली अध्यक्ष भएकी हुन । दवाडीलाई १६ मतको मतान्तरबाट ओली विजयी बनेकी हुन । अध्यक्ष ओलीले ४६ मत ल्याँउदा उपविजेता दवाडीले ३० मत प्राप्त गरेकी छन् ।
त्यस्तै दुई जना कार्यकारिणी पदका लागि तिन जनाको उम्मेदवारी परेको थियो । दीपा शिवाकोटी, निशा शाक्य र रोजिना पाण्डेको उम्मेदवारीमा दीपा शिवाकोटीले ५६ र निशा शाक्यले ५३ मत प्राप्त गरेर कार्यकारिणी उपाध्यक्षमा विजयी बनेका छन् । अर्की उम्मेदवार रोजिना पाण्डेले भने ३४ मत मात्र प्राप्त गरिन ।
वीरता लेडी जेसीजकाे अध्यक्षमा मिनु

































































































