Homeसमाचारदादुरा संक्रमण देखिएको झापा गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ शुरु

दादुरा संक्रमण देखिएको झापा गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ शुरु

भद्रपुर ३ माघ । झापा गाउँपालिकाको एउटै गाउँका ६ जनामा दादुराको संक्रमण देखिएको छ ।
गाउँपालिकाको वडा नं ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको हो । दादुराबाट ७ वर्षदेखि ३७ वर्ष उमेर समूहसम्मका संक्रमितहरु छन् । संक्रमित मध्ये ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन्थाल बस्तीका सन्थाल समुदायका दुई जना, थापा थरका तीन जना र बराइली थरका एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै बिर्तामोडमा पनि १ जनामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।
सन् २०२३ मा पनि झापामा ६ जनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताको अवधिमा ७ जनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले जानकारी दिए । झापा गाउँपालिकामा पहिलो संक्रमण पुष १३ गते देखा परेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती संक्रमितको रगत परीक्षणका लागि ल्याबमा पठाइएको थियो । त्यसको रिपोर्ट पुष २५ गते पोजिटिभ आएपछि झापा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले पुस २६ गते सो टोलमा खटिएर नमूना संकलन गरेको थियो । नमूना संकलन गरिएका ६ जनामध्ये पाँचजनामा दादुरा पोजिटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले बताए । त्यसको रिपोर्ट शुक्रवार आएको हो ।
यसरी एउटै गाउँका ६ जनामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीहरुले सक्रिय खोज शुरु गरेका छन् । मंगलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि , स्वास्थ्य कार्यालयको टोली, गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियासहितका जनप्रतिनिधि , विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत अन्तरक्रिया गरिएको छ । स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य संक्रमितको खोजीका लागि कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टीम परिचालन गरिने , घरधुरी सर्वेक्षण गरिने , सम्बन्धित व्यक्तिहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए । संक्रमितहरुलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी संगीता शाह , स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटी , गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया, सुनसरीका कन्हैया शाह, वडा नं ५ र ७ का वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेलगायतको सहभागिता थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदादुरा संक्रमण देखिएको झापा गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img