अर्जुनधारा ७ पुस । गीता जयन्तीको अवसर पारेर अर्जुनधारा ६ स्थित भगवतभक्ति आश्रममा यो वर्ष पनि गीतावाचन प्रतियोगिताले निरन्तरता पाएको छ । आश्रमका प्राचार्य अम्विकाप्रसाद खतिवडाको अध्यक्षता तथा प्राच्य विज्ञान प्रतिष्ठानका संस्थापक मोहनप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न गुरुकूलका बटुकहरुले प्रतियोगितात्मक गीतावाचनमा भाग लिएका थिए ।
जसमध्ये मेचीनगर १४ सहरेडाँगीस्थित माधव संस्कृत विद्यालयका ईश्वर भट्टराई पहिलो, सप्तर्षि वेद विद्यालय अर्जुनधाराका सौगात बराल दोस्रो, भगवद्भक्ति आश्रमका केशव भट्टराई तेस्रो भएका थिए । प्रतियोगितात्मक गीतावाचनको निर्णायकको भूमिका शान्तिराम मिश्र र पवन राजवंशीले गरेका थिए ।
आयोजक काशी मणि पितृ स्मृति समूहका संस्थापक विष्णुकुमार भट्टराईले स्वागत र गणेश भट्टराईको सञ्चालन रहेको कार्यक्रममा शिक्षासेवी गणेश खनाल , मोक्ष खतिवडा , पवन राजवंशी , दुष्यन्त भट्टराईसहितले शुभकामा मन्तव्य राखेका थिए । ५० जना बढी सहभागी कार्यक्रममा तुलसी भट्टराई , चन्द्रकुमार भट्टराई , खेमनाथ बाँस्तोला ,बुद्ध खनाल लगायतको उपस्थिति रहेको थियो ।
भगवतभक्ति आश्रममा गीतावाचन प्रतियोगिता

































































































