भद्रपुर ७ पुस । झापाको भद्रपुर १० लेखनाथ चोक उतर चन्द्रगढीमा हुनेले दिने नहुनेले लिने नामको कपडा बैङकको शनिवार आयोजित कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
मात्रृ भजन सेवा समिति चन्द्रगढिको आयोजनामा सञ्चालित बैङकको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कपडा बैकको उद्घाटन गरे । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै भजन सेवा समितिकी सचिव ज्योति रिजाल न्यौपानेले विरामी भएर अस्पतालमा जाने तथा अन्य क्षेत्रमा बसोवास गर्ने गरिब तथा असहायलाई निःशुल्क रुपमा कपडा वितरण गर्ने उद्दश्यले बैंकको स्थापना गरिएको बताइन।
दाताहरुबाट प्राप्त कपडा लक्षित बर्ग अन्तर गतका बालवालिका, बृद्धबृद्धा, महिला तथा पुरुष सबै वर्ग र समुदायका मानिसहरुलाई जुनसुकै बेला पनि उपलब्ध गराउने बताइएको छ ।
शुसिला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सामाजिक व्यक्तिहरु दुर्गा पाठक , उतम पौडेल ,रेखा अधिकारी, गणेश पौडेल लगाएतले मन्तव्य राखेका थिए।
कपडा बैंकमा जाडो तथा गर्मी समयमा लगाउने ज्याकेट कोट कुर्थासुरुवाल लगायतका सबै प्रकारका कपडाहरु पाईने समितिले जनाएको छ ।
भद्रपुरमा कपडा बैक स्थापना

































































































