Homeसमाचारसेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता झापाका प्रजिअको प्रतिवद्धता

सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता झापाका प्रजिअको प्रतिवद्धता

भद्रपुर ६ पुस । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
तीन दिन अगाडि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा झापा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसित भेटघाट गर्दै सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरूस्त बनाउँदै जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
प्रजिअका रूपमा पाल्पाबाट सरूवा भएर झापा आइपुगेका बाँस्तोलाले भारतसित खुल्ला सिमाना रहेको यस जिल्लामा हुने गरेका चोरी तस्करी, भ्रष्टाचार, कालावजारी तथा नियम विपरितका सवै गतिविधि नियन्त्रणमा विशेष ध्यान राख्ने बताएका छन् । उनले झापा जिल्लाका सवै सरकारी सेवा प्रदायक कार्यालयहरूमा सूचनामैत्री वातावरण निर्माण गर्दै जिम्मेवारीको प्रगति विवरण सार्वजनिक गर्न अनिवार्य रूपमा सूचना अधिकारीको व्यवस्था गराउने समेत जानकारी दिए ।
विकास निर्माणका काममा रहने बाधा अवरोध हटाएर छिटो काम सम्पन्न हुने वातावरण निर्माणमा लाग्ने बताउँदै प्रजिअ बाँस्तोलाले सरकारी सम्पत्ति संरक्षणका लागि ध्यान केन्द्रित गर्ने उल्लेख गरेका छन् । उनले झापामा देखिएको सडक, वन, विजुली र मिटरव्याजी समस्या हल गर्न लागि पर्ने जनाएका छन् । यस अगाडि ५ वटा जिल्लाको नेतृत्व गरिसकेका प्रजिअ बाँस्तोलाले झापामा रहुञ्जेल विवाद रहित सेवा प्रवाहमा लाग्ने समेत प्रष्ट पारेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता झापाका प्रजिअको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img