भद्रपुर ६ पुस । नेपाल बार एशोसियनको ६८ औं तथा झापा बार ईकाई स्थापनाको ५९ औं स्थापना दिवस झापा बारले शुभकामना आदान प्रदान गरेरमनाएको छ ।
एशोसियसनको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजित स्थापना दिवसको उद्घाटन सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता लिला उदासीले गरेका थिए ।
सो क्रममा बोल्दै उदासीले न्यायिक स्वतन्त्रता कायम गर्नमा न्याय क्षेत्रका कर्मचारी लगायतका कानुन व्यावसायीहरुको सक्रियता आवश्यक रहेको बताउँदै देशमा न्यायिक स्वतन्त्रता कायम गराउन सरोकारवाला सबै पक्ष बिच एकता हुनुपर्नेमा उदासी ले जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत झापाका न्यायाधीश अशोक कुमार बस्नेतले न्याय क्षेत्रको सुधारका लागि कानुन ब्यावसायिहरुले पनि त्यतिकै जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता दामोदर सापकोटा ,एशोसियसनका पूर्व उपाध्यक्ष अशोक पोखरेल,,जिल्ला सरकारि वकिल अवसर मादेन लगायतले मन्तव्य राख्दै न्याय क्षेत्र स्वतन्त्र हुन नसकेको बताए ।
एशोसियन अध्यक्ष नारायण प्रसाद भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन सचिव सन्तोष प्रसाईं र स्वागत मन्तब्य उपाध्यक्ष भिम बरालले गरेका थिए ।
नेपाल बारको स्थापना दिवस मनाइयो

































































































