Homeसमाचारहजारौं समर्थकको भीडमा पृथ्वीनारायण शाहको शालिक पूर्व राजाले गरे अनावरण

हजारौं समर्थकको भीडमा पृथ्वीनारायण शाहको शालिक पूर्व राजाले गरे अनावरण

बिर्तामोड ९ मंसीर । पूर्ब राजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोड १ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।


कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायणको सालिक आज (शनिवार) दिउँसो पूर्बराज ज्ञानेन्द्रले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेता कार्यकर्ता सहभागी थिए । शालिक अनावरण कार्यक्रम सरिक हुन लागि पूर्व राजा ज्ञानेन्द्र शुक्रवार बेलुका झापा आएका थिए । शुक्रबार भद्रपुर एयरपोर्ट हुँदै आवासका लागि मेचीनगरस्थित होटल मेची क्राउनमा पुगेका थिए ।


सोही होटलबाट दिउँसो १ बजे उनी सोझैं बिर्तामोड १ स्थित इकम कलेज आएका हुन । हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा ज्ञानेन्द्रको समर्थन सडकमा नारा समेत घन्किएका थिए । ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाँहिदैन’ गणतन्त्र मूर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ ‘सिहं दरवार खाली गर, हाम्रो राजा आउँदैछ’ लगायतका नारा घन्किएको थियो ।
बिर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तरमा रहेको कलेज परिसरसम्म हिँडेर पुगेका पूर्व राजाले सर्बसाधारणसंग भेट गरे भने सो अवसरमा हजारौ समर्थकले उनलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।
राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देन, प्रदेश र जिल्ला अध्यक्ष सहितका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेर पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रमस्थल पु¥याएका थिए । कलेज परिसर पुगेलगत्तै पृथ्वीनारायण शाहको शालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा उनलाई बसाइयो भने छेउमा राप्रपाका अध्यक्ष लिङ्देन र अर्को छेउमा कलेजका संस्थापक आलोक कार्की बसेका थिए ।


कार्यक्रममा सहभागी बन्न गाउँगाउँबाट हजारौंको संख्यामा सर्वसाधारण आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा समेत नाराबाजी भयो ।
पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा पनि नाराबाजी भएको हो । स्थानीयले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहजारौं समर्थकको भीडमा पृथ्वीनारायण शाहको शालिक पूर्व राजाले गरे अनावरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img