बिर्तामोड । बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच सेवाका क्षेत्रमा क्रियाशील संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
ब्रहाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडद्वारा आयोजित कार्यक्रममा सामाजिक सेवाका क्षेत्रमा सक्रिय ३० बढी संस्था र विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुने संस्थाहरुमा मानवीय सेवाका क्षेत्रमा सक्रिय नेपाल रेडक्रस सोसाइटी झापा, बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र बृद्वाश्रम, अर्जुनधारा जलेश्वर धाम, बिरता जेसीज, इनर ह्वील क्लव, सहारा नेपाल साकोस, बुद्वनगर महिला समाज, छठ सेवा समाज बिर्तामोड, मारवाडी युवा मञ्च, लायन्स क्लव अफ बिर्तामोड, झापा नेत्रहिन संघ, समुन्नत नेपाल, रोटरी क्लव अफ विर्तामोड मिडटाउन, पूर्वेली ढुवानी सेवा, जनजाति आश्रम बिर्तामोड, अपांग बाल सरोकार केन्द्र अर्जुनधारा, जलेश्वर स्वाबलम्न समाज अर्जुनधारा अपांग स्वालम्बन समाज, तारा नमस्ते बालग्राम, बिराटभरत विश्रान्ती, जनसांस्कृतिक मञ्च, सिम्रिक सहकारी, राधामाधव समिति, मोहनमाया मावि बिर्तामोड, बिरता लेडी जेसीज लगायत रहेका छन् ।
त्यसैगरी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, बिर्तामोड वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, गौसेवक जगदिश मिण्डा, शिक्षासेवी जयनारायण ढुङ्गाना, हर्कलाल गिरी, बेदप्रकाश अग्रवाल लगायतलाई सम्मान गरिएको हो ।
ब्रहकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा विभाग बिर्तामोडको आयोजनामा मूल्यमा आधारित सेवाद्वारा समृद्ध समाजको पुर्नस्थापना विषयक अन्तरक्रिया तथा समाजसेवीहरुको सम्मान बिशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि इभि स्वामीनाथन, ब्रहकुमारी अंकिता लगायतका अथितिहरुले सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो ।
विनोद अग्रवालले सञ्चालन गरेको सम्मान कार्यक्रम ब्रहकुमारी पूर्णिमा दिज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । ब्रहकुमारी राजयोगले झापाको बिर्तामोडबाट शुरु गरेको समाजसेवीहरुको सम्मान अभियान १० डिसेम्बरमा काठमाडौंमा समापन हुने बताइएको छ । ब्रहकुमारी राजयोगले देशभर जिल्लामा रहेका विभिन्न सेवा केन्द्रहरु मार्फत सेवा क्षेत्रमा सक्रिय संघसंस्थालाई सम्मान गर्ने अभियान सञ्चालन गरी सेवा क्षेत्रमा अझ सक्रिय हुन प्रेरित गर्ने गरेको छ ।
ब्रहाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडद्वारा सेवा क्षेत्रमा सक्रियलाई सम्मान

































































































