Homeसमाचारबिर्तामोड ७ मा ट्युबेल र हात्ती धपाउने लाइट वितरण

बिर्तामोड ७ मा ट्युबेल र हात्ती धपाउने लाइट वितरण

बिर्तामोड २१ कात्तिक । बिर्तामोड नगरपालिका वडा नं. ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यमा आज आयोजित एक कार्यक्रमका विच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्युवेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोलविकास संस्था र सशस्त्र प्रहरी वेस क्याम्प गोलधापलाई गरि १५५ थान टर्च लाईट वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको माग बमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको लगभग १३ कि.मी. क्षेत्रमा सोलार फेन्सिङ्ग गरिने योजना रहेको जानकारी दिए । योजना अनुसारको काम तिहार लगत्तै सुरु गरिने तयारी रहेको पनि बताए।
नगरप्रमुख प्रसाईले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ्गका लागि आवश्यक बजेटको माग गर्दै २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नगरपालिकाको तर्फबाट पत्राचार गरेकी थिइन्।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले वडा नं. ७ मा हात्ती नआएको दिन नभएको भन्दै जानकारी गराउँदै वितरित लाइटले केहि हदसम्म भएपनि घपाउन सहयोग मिल्ने बताए। आफ्नो वडामा ट्युवेल पनि नभएका घरहरु धेरै रहेकोले २० वटा ट्युवेल बांड्ने योजना अनुसार १६ वटा वितरण गरिएको जानकारी दिए।
वडा कार्यालयले नगरपालिकाको सहयोगमा टर्च लाईट वितरण गरेको हो। कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाई, विशेष अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडाअध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, समाजसेवी केशवराज कार्की, हिमाल सिटौलाले टर्च लाइट तथा ट्युवेल हस्तान्तरण गरेका थिए।
बिर्तामोड नगरपालिकाका न्यायिक समिति सदस्य खडानन्द निरौलाले स्वागत गरेको कार्यक्रमको सन्चालन युवराज निरौला राजनले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड ७ मा ट्युबेल र हात्ती धपाउने लाइट वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img