HomeFeatured 2अनुदान वास्तविक किसानसम्म पुर्याउन आन्दोलनको आवश्यकता

अनुदान वास्तविक किसानसम्म पुर्याउन आन्दोलनको आवश्यकता

बिर्तामोड १७ असोज । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले निर्वाहमुखी खेती प्रणालीलाई उत्पादनमुखी बनाएर किसानको जीवनस्तर उकास्ने योजना अघि सार्न सरकारसँग माग गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ झापाको समिति विस्तार एवं शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले देशको आर्थिक मेरुदण्ड कृषि पेशा भएको उल्लेख गर्दै आयात प्रतिष्थापन गर्न उत्पादन बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले किसानलाई राज्यले छुट्याएको अनुदान विचौलियाले प्रयोग गरिरहेको बताउँदै वास्तविक किसानसम्म पुर्याउन आन्दोलनको आवश्यकता औंल्याए ।
उपभोग्य कृषि उपजको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन सकेमात्रै कृृषिउपज वस्तुको आयात प्रतिष्थापन हुने बताउँदै सभापति थेवेले यसका लागि टोलदेखि नै संगठित हुन किसानलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य कालु मेचेले लम्पी स्किन डिजिजका कारण किसानको करोडौं क्षति भएको बताउँदै क्षतिपूर्ति ब्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल किसान महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराई, नेपाली कांग्रेस झापाका पूर्व सचिव प्रेम सम्बाहाम्फे लगायतले मन्तब्य राख्दै कुल किसानमध्ये ८० प्रतिशत किसानहरु आफैं मजदुर भएको बताउँदै किसान र मजदुरको जीवनस्तर सुधार नभएसम्म समाजवाद नआउने धारणा राखे।
नेपाल किसान महासंघ झापाका सभापति रतन थिङ्लावोको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति झमक खड्का र सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए ।
किसानहरुको भेलाले अध्यक्ष थिङ्लावोको अध्यक्षतामा महासंघको झापा शाखा विस्तार गरेको छ । समितिको उपाध्यक्षमा शेखरनाथ अधिकारी र झमक खड्का, सचिवमा यादव गिरी र केशव सुवेदी, सहसचिवमा नेत्र विमली र कृष्ण गौतम, कोषाध्यक्षमा कुवेरधन अधिकारी रहेका छन्।
समितिका सदस्यहरुमा प्रमोद राजवंशी, राजेन्द्र भट्टराई, महेश मेन्याङ्वो, सोमनाथ घिमिरे, सिताराम बास्तोला, दीर्घबहादुर खड्का, सुरवीर राउत, कन्हैयालाल गणेश, राजेन्द्रकुमार सापकोटा, मनज्योति तामाङ, सुकुमार मेचे, पुरारी राजवंशी, धनकुमारी गुरुङ, फुलकुमारी चौधरी, देवी कार्की, मोहन बस्नेत, गीता घले, सुनिता सोरेन, कमल गनगाई, यामबहादुर विष्ट, प्रदीप खड्का, कृष्णविक्रम बोगटी, सुन्दर धिमाल, बबिता धिमाल, होमराज लिम्बू, तारानिधि पौडेल, जीतबहादुर खड्का, सिताराम बास्तोला, खगेन्द्र गड्तौला, कृष्ण दुलाल लगायत रहनुभएको छ । कार्यक्रमका बीच जिल्ला समितिमा मनोनित सबैलाई कार्यक्रमका प्रमुख अतिथि थेवेले प्रमाणपत्र प्रदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अनुदान वास्तविक किसानसम्म पुर्याउन आन्दोलनको आवश्यकता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img