HomeFeatured 2हुलाकमार्फत लागू ओैषध तस्करी हुने गरेकाे खुलासा

हुलाकमार्फत लागू ओैषध तस्करी हुने गरेकाे खुलासा

काठमाडौ ३१ भदौ । लागू औषध तस्करले हुलाकलाई ओसार पसारको माध्यम बनाएउन थालेको रहस्य खुलेको छ। अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागूऔषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो। अमेरिकाबाट खैरो हेरोाइन र गाँजा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। प्रहरीका अनुसार भदौ १९ गते गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत् जिल्ला हुलाक कार्यालय वीरगन्ज प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन (बक्स) शंका लागेर चेकजाँच गर्दा ९०० ग्राम गाँजा फेला परेको थियो। कार्टुन लिन आउने व्यक्तिको पिछा गर्दै जाँदा वीरगन्ज–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविव मियालाई प्रहरीले पक्राउ गरेको थियो। यस्तै, भदौ २४ गते अमेरिकाबाट हुलाकमार्फत् पठाइएको कार्टुन बक्स पोखरा पठाइएको थियो। उक्त कार्टुन बक्स चेक गर्दा १ किलो ४०० ग्राम गाँजा फेला परेको थियो। पछि प्रहरीले उक्त कार्टुन कन्ट्रोल डेलिभरी गरी पार्सल लिन आउने भारतीय नागरिक २४ वर्षीय अजिन वर्गेसलाई पोखराबाट पक्राउ गरेको थियो। भारतीय नागरिक वर्गेसको कोठामा खानतलासी गर्दा थप ७२० ग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ। भदौ २४ गते नै गोश्वारा हुलाक कार्यालय काठमाडौं, डिल्लीबजारमा आएको अर्को पार्सल (१ कार्टुन बक्स) चेक गर्दा पनि प्रहरीले गाँजा फेला पारेको थियो। उक्त पार्सल लिन आएकी डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ की ३९ वर्षीया रेनुका तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। तामाङले उक्त पार्सल आफूलाई भारतीय नागरिकहरु अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भन्ने बयान दिएकी थिइन्। तामाङको बयानका आधारमा प्रहरीले भारतीय नागरिक अरुण र मोहम्मद नइमलाई पनि पक्राउ गरेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हुलाकमार्फत लागू ओैषध तस्करी हुने गरेकाे खुलासा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img