बिर्तामोड । महिलाहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बिर्तामोड लेडीले एकदिने पाठेघरको क्यान्सर परीक्षण (सर्भिकल क्यान्सर स्क्रिनिङ) सम्बन्धी शिबिरमा ४२ जनाले स्वास्थ्य परीक्षण गराए । परीक्षण गराएका ४२ मध्ये २९ जनामा पाठेघर सम्बन्धी कुनै न कुनै समस्या देखिएको छ ।
बिर्तामोडमा आयोजित शिविरमा स्त्री रोग तथा अङ्कोलोजी विशेषज्ञ डा. प्रियङ्का कट्वाल र एनेस्थेसिया डा. पुस्पक रेग्मी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा ५ जनामा आङ खसेको, १० जनामा इन्फेक्सन देखिएको बताइएको छ । त्यस्तै शिविरबाट पाठेघरको स्क्रिनिङमा शंकास्पद देखिएका १४ जनाको प्याप टेष्टका लागि पठाइएको शिविर आयोजक लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले जानकारी दिइन् ।
पछिल्लो समय महिलामा पाठेघर र स्तन क्यान्सरको जोखिम बढ्दै गएपनि संवेदनशील अंग परीक्षणका लागि महिलाहरु समयमै सचेत हुन नसक्दा जोखिममा पर्ने गरेका महिला रोग विशेषज्ञहरुको भनाई छ ।
प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ बिर्तामोडकी अध्यक्ष निरु उप्रेती ओलीको अध्यक्षतामा शिविरमा सम्पन्न भएको हो ।
लायन्स लेडीको शिविरमा क्यान्सर परीक्षण गराएका मध्ये २९ मा जनामा स्वास्थ्य समस्या

































































































