शनिश्चरे २१ कात्तिक । १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले १ नम्बर प्रदेश सहिद र राजनीतिक इसितहासको प्रदेश भएको बताउनु भएको छ ।
प्रदेश प्रमुखमा नियुक्त भएपछि पहिलो पटक विहिवार झापा आउनु भएका अधिकारी झापा आन्दोलनका सहिदले साहदत प्राप्त गरेको स्थल र सुखानी पार्कमा रहेका सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै यस्तो बताउनु भएको हो ।
प्राकृतिक सम्पदाले भरिपूर्ण प्रदेशमा सौन्दर्य थप्ने काम सबैले गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियात, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रतिनिधिसभा सदस्य पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य विर्ख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, माई नगरपालिकाका मेयर दिपक थेवे लगायतको सहभागिता रहेको थियो ।
सौन्दर्य थप्ने काम गर्न आग्रह



















