Homeसमाचारउप्रेती समाज सेवाको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा डिल्लीराम

उप्रेती समाज सेवाको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा डिल्लीराम

बिर्तामोड । उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५ औं अधिवेशन तथा ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
उप्रेती समाजको बिर्तामोडमा शनिवार (आज) भएको पाँचौ अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नयाँ कार्यसमितिकोको उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा चन्द्रमोहन उप्रेती, सह–सचिवमा निर्मल उप्रेती, कोषाध्यक्षमा रामप्रसाद उप्रेती सर्व सम्मत् चयन भएका छन् ।
त्यस्तै सदस्यमा बिष्णु उप्रेती, यशोदा उप्रेती, कमला उप्रेती, नारायण उप्रेती, राजेश उप्रेती, टिका उप्रेती, मिनप्रकाश उप्रेती, सूर्य उप्रेती, हरि उप्रेती, जर्नादन उप्रेती, देबिका उप्रेती, बिमल उप्रेती, शंकरमणि उप्रेती र बिकास उप्रेती सर्वसम्मत चयन भएको सञ्चारकर्मी टिकाराम उप्रेतीले जानकारी दिए ।
नयाँ कार्य समितिलाई निर्वाचन समितिका संयोजक टंक उप्रेतीले सपथ ग्रहण गराएका थिए ।
उप्रेती समाज सेवा झापाका अध्यक्ष चिरञ्जीवी उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख समेत रहेका प्रेमप्रकाश उप्रेतीले कार्यक्रमको उद्घाटन गरेका थिए । स्वागत तथा समाजको प्रतिवेदन उप्रेती समाज सेवा झापाका उपाध्यक्ष डिल्ली उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रेमप्रकाश उप्रेती, संग्रौला समाजका केन्द्रीय अध्यक्ष दिलिप संग्रौला, जग्गादाता मोहन उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चुडाल बन्धु समाजका केन्द्रिय अध्यक्ष गोपाल चुडाल, शिवाकोटी समाज झापाका अध्यक्ष तेजप्रसाद उप्रेती, नेपाल बार एशोसिएसन झापाका पूर्व अध्यक्ष टंक उप्रेतीलगायत उप्रेती बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्रमोहन उप्रेतीले गरेका थिए ।
पहिलो पटक २०४८ सालमा गठन भएको उप्रेती समाज सेवा झापालाई दु्रतगतिमा संगठित गरेर अगाडि बढाउने उद्देश्यले २०५८ सालमा चिरञ्जीवी उप्रेतीको अध्यक्षता तदर्थ समिति निर्माण गरी उप्रेती बन्धुहरुलाई संगठित गरिदै आएको थियो । हाल समाजको जग्गा, भवन, घेराबारा, भौतिक सामाग्री र अन्य समेत गरेर करिब ९ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको चिरञ्जीवी उप्रेतीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउप्रेती समाज सेवाको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा डिल्लीराम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img