HomeFeatured 2जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा पुरस्कार वितरण

जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा पुरस्कार वितरण

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले शनिवार एक कार्यक्रमको आयोजना गरी विभिन्न चार प्रतिभालाई पुरस्कृत गरेको छ ।
संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताको एकसहित चारवटा पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट बर्षोत्कृष्ठ कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका इलामका स्रष्टा बसन्त बस्नेतलाई पुरस्कृत गरेको छ । २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गरिएको हो ।
त्यसैगरी विष्णु पदमा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ठ पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत भएका हुन् । पुरस्कृत कृतिकार तथा प्रतिभालाई प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्षसहित उपस्थित अतिथिले सम्मान पत्र, दोसल्ला र नगद राशी प्रदान गरिएको थियो । तीनवटै पुरस्कारको राशी जनही २५/२५ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीराम प्रसाईले बताए ।


त्यसैगरी कोष स्थापनाको २० औं वर्ष पुगेको अवसरमा स्थापना गरेको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने ११ हजार नगद सम्मान पत्र र दोसल्लासहितको पुरस्कारबाट विराटपोखर निवासी चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए । उक्त पुरस्कारको राशी नगद ११ हजार रहेको बताइएको छ ।
साहित्य, शिक्षा, सामाजिक र संचार क्षेत्रका अगुवा तथा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसाई, अग्रज पत्रकार चन्द्र भण्डारी, प्रगतिशील लेखक संघका राजेन्द्र संग्रौला, पूर्व पुरस्कृत कृष्ण बराल, पत्रकार उमाकान्त खनाल, सम्मानित व्यक्तित्वहरु लगायतले मन्तब्य राखेका थिए ।
स्वागत तथा औचित्यमाथि कार्यक्रमका अध्यक्ष गोपीकृष्ण प्रसाई प्रकाश पारेको कार्यकम संचालन गौतम शर्मा शिवाकोटीले गरेका थिए ।
२०५९ सालमा स्थापना भएको जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले कोषले प्रत्येक वर्ष बर्षोत्कृष्ठ कृति,विष्णु चन्द्र पद्मा सम्मान, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको थियो । कोषले स्थापनाको २० औं वर्ष पुगेसंगै फरक क्षमता (अपाङ्गता) भएकालाई प्रदान गर्ने गरी पुरस्कारको विधा थप गरी यसै वर्षदेखि वितरण शुरु गरेको संस्थाका अध्यक्ष प्रसाईले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा पुरस्कार वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img