Homeमनोरञ्जनघरजममा मौलिकता

घरजममा मौलिकता

विर्तामोड । लिम्बू बाहुल्यता रहेको नेपालको पूर्वी क्षेत्रमा बोलिने मौलिक भाषा संस्कृति र रीतिरिवाजमा आधारित रहेर निर्माण गरिएको नेपाली चलचित्र घरजम अहिले चर्चामा छ । अलग–अलग (नाता नपर्ने) परिवारका युवायुवती बीचको बैबाहिक सम्बन्ध पछि स्थापित सम्बन्धलाई घरजम भन्ने परम्परागत शब्दलाई टपक्क टिपेर चलचित्रको नाम जुराइएको घरजमको अहिले पूर्वी नेपालका विभिन्न चलचित्र हलमा प्रदर्शन गर्ने तयारीमा चलचित्रको निर्माण टोली जुटेको छ ।
मौसम ईम्बुङ (फुलन्देको बाउ) द्धारा निर्देशित चलचित्र ‘घरजम’ यसअघि झापाको दमकमा प्रदर्शन गरिएको छ । कात्र्तिक ५ गते विर्तामोडस्थित कृष्ण चित्र मन्दिरमा प्रदर्शन हुँदैछ । चलचित्र ‘घरजम’ लिम्बू समुदायको (जिवन(दर्शन) मुन्धुमलाई आधार मानेर निर्माण गरिएको चलचित्रका निर्देशक मौसम इम्बुङले जानकारी दिए । हाम्रा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु ‘घरजम’ को विशेषता रहेको उनको भनाई छ ।
नेपाली चलचित्रमा नेपाली कथालाई नेपाली शैलीमै प्रस्तुत गरिनुपर्छ । नेपाली दर्शकले त्यो चेतनासहितको नेपाली चलचित्र अपेक्षा गर्ने गरेका छन् । दर्शकको अपेक्षालाई आत्मसाथ गर्दै चलचित्र घरजम निर्माण गरिएको ईम्बुङले बताए । उनले भने–‘नेपाली फिल्ममा बहुलता हुनुपर्छ भन्ने धारणा पनि हो, घरजम लिम्बू संस्कृतिमा आधारित चरित्र प्रदान मौलिक चलचित्र हो, यसमा ठेट नेपाली भाषा प्रयोग गरिएको छ ।’


लिम्बू समुदायमा प्रायः ज्वाँई लाहुरे भएको अभिभावकले हेर्न चाहका कारण सोही अनुसार छोरीको विवाह गरिदिने र विवाह पश्चात ज्वाँईसंगै छोरीपनि अर्को मुलुकमा पुगेर घरजम गर्ने र उनीहरुबाट जन्मिएका सन्ततीले मातृभूमि र मौलिकताबारे अनभिज्ञ हुने वास्तविकतालाई चिर्न पनि चलचित्रमा लिम्बू समुदाय र मातृभूमिको मौलिकतालाई समेटेको चलचित्र निर्मातामध्ये एक तथा कलाकार सीताकुमारी तुम्बापोले बताइन् । अभिभावकको चाहना अनुसार नै आफ्नो पनि आइडीवाला केटासंग विवाह भएपछि विहे पश्चातदेखि नै यु.के.मा बस्दै आएकी निर्माता तुम्वापोले भनिन्(लामो समय अर्काको देशमा बस्दा मातृभूमि, मातृभाषा, मौलिक संस्कृति, परम्परा र रितिरिवाजबाट टाढा भए झैं अनुभव भयो, अहिले छोराछोरी पनि आ(आफ्नो लाइनमा लागि सकेका छन्, यो रिटायर्ड लाइफमा आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने लागेर सानो भएपनि फिल्म सम्बन्धी काम शुरु गरेका हौं ।’
मौलिकता संरक्षण र उजागर गर्नका लागि श्रीमान् र आफू दुवैको चाहना भएपछि काम गर्न सजिलो भएको बताउँदै उनले थपिन्(सन्ततीलाई मातृभूमिको मौलिकता पहिचान गराउनु जरुरी भएका कारण चलचित्रमा छोरालाई पनि भूमिका दिएको छ, यसले उनीसहित उनका साथीहरुको पनि उत्साह बढी नै छ ।’
चलचित्रले बोकेको मौलिकता आम दर्शक तथा नेपाली चलचित्र क्षेत्रका लागि थप उपलब्धी मानिएको छ । चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटरसहित ८० भन्दा बढि चलचित्र हलमा प्रदर्शन गर्ने लक्ष्य रहेको आर्ट डाइरेक्टर शैलेन्द्र थेवेले जानकारी दिए । साथै, विदेशका १० भन्दा बढी स्थानमा विशेष प्रदर्शनीको तयारी गरिएको बताइएको छ ।
घुम्ती शैलीमा प्रदर्शन गर्न लागिएको घरजमलाई इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वटा स्थानीय तहमा चलचित्र प्रदर्शन गरिने छ ।
८० लाखको लगानीमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो रहेका छन् भने सह निर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायतका कलाकारको अभिनय गरेका छन् ।
विश्वका जुन देशमा भएपनि मातृभूमिको सामिप्यता सन्ततीमा जोड्न प्रयास गर्दै आएको रोमियो फिल्सले यसअघि थात्थलो जस्ता मौलिक शब्द प्रयोग गरेर चलचित्र निर्माण गरेको बताइएको छ ।
पहिलो फिल्मका थात्थलोलाई खगेन्द्र पन्धाकले निर्देशन गरेका थिए भने उक्त फिल्ममा घरजम निर्माता मध्येकी सिताकुमारीका कान्छा छोरा जयसन पन्धाक कलाकारको रुपमा प्रस्तुत छन् । ‘घरजम’ मार्फत नेपाली चलचित्र क्षेत्रमा हाम्रो दोस्रो उपस्थिति हो । मौसम ईम्बुङको निर्देशनमा बनेको मौलिक चलचित्र ‘घरजम’मा जेठा छोरा रोमियो पन्धाक कलाकारको रुपमा सहभागी भएको बताइएको छ । चलचित्र घरजमको कथावस्तु उपेन्द्र सुब्बाले लेखेका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनघरजममा मौलिकता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img