विर्तामोड २६ असोज । अन्तर्राष्ट्रिय विपद जोखिम न्युनिकरण दिवसको अवसर पारेर झापाको गौरीगञ्जमा अन्तरक्रिया कार्यक्रम तथा स्थानीय विपद प्रतिकार्य केन्द्र (ीभ्इऋ ) स्थापना गरिएको छ । केन्द्रको समुद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले गर्नुभएको हो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठको अध्यक्षता र प्रजिअ रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको सन्दर्भ र महत्वका बारेमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रकाश पार्नुभयो ।
कैलास मास्केले स्वागत गर्नुभएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका सरोकारवालाहरुले विपद् ब्यवस्थापन, शान्ति–सुरक्षा, दुब्र्यसनको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष सुझाव तथा माग राखेका थिए ।
झापाका १५ वटा गाउँपालिकामध्ये पहिलो पटक गौरीगञ्ज गाउँपालिकामा स्थापित विपद प्रतिकार्य केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनका लागि कम्प्युटर लगायत १ लाख मूल्य बराबरका अत्यावश्यक सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले हस्तान्तरण गरेको थियो ।
विपद् ब्यवस्थापन ऐन–२०७४ अनुसार सातसय ५३ वटै गाउ÷नगर पालिकाहरुमा केन्द्र स्थापना हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार नमूना केन्द्रको रुपमा नेपाल रेडक्रस सोसाइटी झापाले गौरीगञ्ज र झापा गाउँपालिकामा केन्द्र स्थापनाको तयारी गरेको हो ।
जिल्ला विपद ब्यवस्थापन समितिको निर्णय अनुसार आइतबारदेखि सातदिनसम्म विपद जोखिम न्युनिकरण सप्ताह मनाइने भएको छ ।
गौरीगञ्जमा विपद प्रतिकार्य केन्द्र



















