काँकरभिट्टा १६ मंसिर । झापाको मेचीनगर नगरपालिकाले सार्वजनिक सम्पत्ती उपभोग गर्ने सबैले ७ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको स्वामित्वमा रहेको तर अहिले अतिक्रमण गरी अन्य ब्यक्ति वा संस्थाले प्रयोग गरिरहेको ऐलानी तथा सार्वजनिक जग्गा, भवन, सडक क्षेत्र, अनाधिकृत होडिङ बोर्ड लगायतलाई ७ दिनभित्र हटाउन भनेको छ ।
नगरपालिकाको स्वामित्वमा रहेको संरचना भित्र मदिराजन्य सामग्री बिक्री बितरणमा समेत रोक लगाएको सूचनामा जनाएको छ । नगरपालिकाले जारी गरेका सूचनालाई बेवास्ता गरी सार्वजनिक सम्पत्ती खाली नगरे कानूनी कारवाही गर्ने समेत नगरपालिकाले जनाएको छ ।
तोकिएको समयावधीमा सार्वजनिक सम्पत्ती खाली नगरे कानून बमोजिम प्रक्रिया अघि बढ्ने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

































































































