HomeFeatured 2कलवलगुरी कृषि सहकारीको १६ औं सभा सम्पन्न

कलवलगुरी कृषि सहकारीको १६ औं सभा सम्पन्न

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको सभापतित्व तथा सहकारी संघ झापाकी उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य तथा उत्कृष्ट व्यक्तित्व सम्मान सहित सभा सम्पन्न गरिएको हो ।
अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्योजना सहित बचत र ऋण कारोवारका नयाँ नीति समेत प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष पदमप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा जेष्ठ नागरिक सम्मानबाट बमबहादुर काफ्ले, हेमकुमारी न्यौपानेलाई सम्मानित गरिएको थियो । यस्तै उत्कृष्ट बचत कारोवार सम्मानबाट बसन्तकुमार तामाङ तथा उत्कृष्ट ऋण कारोवार सम्मानबाट गीता भट्टराई सम्मानित भए भने उत्कृष्ट सन्तति सम्मानबाट अर्जुन दाहाल र लज्जा वराललाई सम्मान गरिएको थियो ।
सचिव निर्माणकुमार नेपालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका पूर्व डिल्ली दाहाल, ज्ञानोदय बचतकी लता खरेल, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कलवलगुरी कृषि सहकारीको १६ औं सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img