Homeसमाचारअधिकारीको आकांक्षा

अधिकारीको आकांक्षा

इन्दु पूर्वेली/गिरिराज भट्टराई
‘मलाई सांसद बनेर ठूलो मान्छे बन्ने रहर होइन, झापाका जनताको सेवक बन्ने इच्छा हो । यदि मलाई झापाका जनताले एकपटक मात्र सांसदमा निर्वाचित हुने मौका दिनुभयो भने म झापाको जनाताको सुरक्षा गार्ड अर्थात चौविसै घण्टा जनताको सेवा र सहयोगमा लागिपर्नेछु’–झापा क्षेत्र नं–५ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार डा.खगेन्द्रपाण्डव अधिकारीले फेसबुक पेजमा स्टाटस लेखेर जनतासँग आफूलाई जिताउन अपिल गरे ।
त्रीभूवन विश्व विद्यालयको प्राध्यापन पेशा छाडेर नेकपा एमालेका के.पी. शर्मा ओलीसँग २०७४ सालको आम निर्वाचनमा प्रतिष्पर्धा गर्न गृहनगर गौरादह आए उनी । गौरादहका स्थायी बासिन्दा अधिकारी अहिले पनि ओलीसँग भिड्दैछन् । तर २०७४ को भन्दा ठिक विपरित छ–अहिलेको भिडन्त । २०७४ को निर्वाचनमा नेकपा एमालेसँग नेकपा माओवादी चुनावी सहकार्यमा थियो । झापा–५ र झापा–३ को मात्रै सन्दर्भमा राप्रपासँग समेत एमालेको सहकार्य भयो । तर यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस् को गठबन्धन छ, राप्रपा दुईधारमा विभाजित छ भने क्षेत्र नं–५ को सन्दर्भमा गठबन्धनसँगै राप्रपाको मत देखिनाले पनि विगतमा जति सहज जीत ओलीको पक्षमा देखिदैन ।
त्यसो त पाँचवर्षको अवधिमा नेपाली कांग्रेस एवं पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका डा। अधिकारीको नेतृत्वमा झापा क्षेत्र नं–५ को विकासका लागि महत्वपूर्ण कामहरु पनि भएका छन् । स्थानीय तह निर्वाचन एवं प्रतिनिधिसभा र प्रदेशसभामा समेत २०७४ को निर्वाचन परिणाममा एमाले अगाडि देखिएपछि सोचेजति काम गर्न असहज नै थियो उनलाई । तर पाँच बर्षको अवधिमा जनतासँगको निकटता बढाउँदै थुप्रै विकास निर्माणका काम गरेका छन् ।
नेपाली कांग्रेसबाट झापा क्षेत्र नं–५ का लागि प्रत्यासी उम्मेद्वार डा। खगेन्द्रपाण्डव अधिकारी र नेपाली कांग्रेस पार्टीको नेतृत्वमा दमक–रवि–चिसापानी–फाल्गुनन्द मार्ग निर्माण गरिएको छ । तत्कालीन सांसद डा. गोपाल कोइरालाको पालामा अवधारणा तयार पारी निर्माणको पहल शुरु गरिएकोमा हाल उक्त सडक निर्माणाधीन छ । उक्त सडक निर्माण उपभोक्ता समितिको संस्थापक अध्यक्ष कांग्रेस नेता शुरेश सुब्बा रहेका थिए भने उनकै नेतृत्वमा ट्र्याक खोल्ने काम भएको थियो । सांसद महेन्द्रकुमारी लिम्बुको सांसद बिकास कोषबाट यसक्षेत्रमा बिभिन्न सडक कालोपत्रे भएका छन्, विकास निर्माणका ती कर्ममा अधिकारीको विशेष योगदान छ ।
बहुदलीय ब्यवस्था प्राप्तिपश्चात् झापा क्षेत्र नं–५ ९तत्कालीन क्षेत्र नं–७० मा प्रत्यक्ष निर्वाचनतर्फ एकपटक मात्रै नेपाली कांग्रेसले विजय प्राप्त गरेकाले थुप्रै समस्याहरु रहेपनि समाधानका लागि उल्लेख्य पहल गर्न सकेको छैन । तर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको समयमा, स्थानीय तहको नेतृत्व प्राप्त भएको समयमा एवं योजना आयोगमार्फत झापा क्षेत्र नं–५ को विकासका लागि थुप्रै कामहरु भएका छन् । झापाको दमक क्षेत्रमा सुकुम्बासी आयोग गठन गरेर धनिपूर्जा वितरण गरिएको नेपाली कांग्रेस झापा उपसभापति शेरबहादुर भट्टराइले जानकारी दिए । उनका अनुसार गौरादह नगरपालिकाको नेतृत्व रोहितकुमार शाहले प्राप्त गरेको समयमा झापाको गौरादहस्थित गेउरिया र चाँदु खोलामा पुल निर्माण, गौरादह नगरपालिका भवन निर्माण, गौरादह क्षेत्रमा मात्रै १० किलोमिटर बढी सडक कालोेपत्रे, झोलुङ्गे पुल निर्माण, नमूना पाहुना घर निर्माण, जेष्ठ नागरिक मिलन केन्द्र निर्माण एवं गौरादह र स्कुलचौन बजार ब्यवस्थित एवं सौन्दर्यकरण गरिएको छ, यी विकास निर्माणका काममा अधिकारीको सक्रिय भूमिका छ ।
झापा क्षेत्र नं–५ का मुख्य समस्याहरुमा फाल्गुनन्द सडक कालेपत्रे सम्पन्न गर्नुपर्ने, दक्षिणी सिमा गौरीगञ्ज भन्सार कार्यालयको स्तरबृद्धि गर्नुपर्ने, कमल गाउँपालिकामा निर्माण शुरु गरेर अलपत्र अवस्थामा रहेको आदिबासी रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्ने, कमल, गेउरिया, मावा र रतुवा एवं स–साना खोलामा बर्षादमा आउने बाढीबाट राजमार्ग दक्षिणको क्षेत्र बढी प्रभावित हुने, डुवान, कटान र बाढीका कारण मानव वस्ती नै विस्थापित हुने अवस्था आउने हुँदा त्यहाँका मानव वस्तीको संरक्षण एवं डुवान र कटान रोक्न तटबन्ध निर्माण प्रमुख समस्याका रुपमा रहेका छन् ।
झापा क्षेत्र नं–५ मा उत्तर–दक्षिण भएर बग्ने रतुवा, मावा र कमलले त्यहाँका स्थानीयलाई सधैं दुःख दिन्छ । तर, यो समस्या झापाको मात्रै होइन अरूतिरको पनि हो । खोलाहरूलाई सोझ्याएर छेउछाउको जग्गा अधिग्रहण गरेर जरा फैलिने खालको बिरुवाको ग्रिन बेल्ट बोर्डरसम्मै बनाएर नदी नियन्त्रण गर्न सकिने उनको योजना छ ।
यसैगरी क्षेत्रीय स्तरमा सुबिधा सम्पन्न अस्पताल निर्माण, दमक क्याम्पसलाई आंगिक वा सरकारी क्याम्पसको मान्यता दिइनुपर्ने, गौरादह बहुमुखी क्याम्पस एवं कृषि कलेजको स्तरबृद्धि गर्दै प्राविधिक शिक्षाको विस्तार, आदिबासी बाहुल्य रहेको गौरीगञ्ज र गौरादह क्षेत्रका अति विपन्न आदिबासीहरुको तथ्याङ्क संकलन र उनीहरुको जीवनस्तर बृद्धिका लागि विशेष योजना यहाँका प्रमुख आवश्यकता हुन् भने धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण एवं विकास प्रमुख समस्याका रुपमा रहेका छन् ।
त्यसो त उनका मुख्य प्रतिष्पर्धी के।पी। शर्मा ओलीले औद्योगिक पार्कका नाममा ठूलो हौवा फिंजाए पनि अहिलेसम्म औद्योगिक पार्कको बोर्ड राख्ने बाहेक कुनै काम नभएको, आदिबासी रङ्गशाला निर्माणका लागि आदिबासी÷जनजातिहरुले पितापुर्खाको समाधिस्थल मासेर निर्माण अनुमति दिएपनि पछि नाम फेरेर आदिबासी÷जनजातिको भावनामा गम्भीर ठेस पु¥याएको उनले बताए ।
उम्मेद्वार डा। खगेन्द्रपाण्डव अधिकारीले आफूले जितेमा भुमिहिनहरुलाई जग्गा धनिपुर्जा वितरण, सुद्ध खानेपानी विस्तारका लागि खानेपानी योजना निर्माण, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि एवं प्राविधिक शिक्षा विस्तार, क्षेत्रस्तरीय शिक्षण अस्पताल निर्माणका लागि पहल गर्दै माथि उल्लेखित समस्याहरु क्रमशः पूरा गर्ने लक्ष अघि सारेका छन् ।
‘संघीय सांसदले ऐन कानून बनाउने हो’–अधिकारीले भने–‘सोही ऐन र कानूनको परिधिभित्र रहेर स्थानीय समस्याहरुलाई सम्बोधन गर्ने हो, विकास र जनताको समृद्धिका लागि काम गर्ने लक्ष छ ।’
नेपालका ऐन, कानूनमा धेरै कमी–कमजोरी रहेको बताएका उनले नेपालले छिमेकी मित्रराष्ट्रलाई विश्वासमा लिएर भरोसायोग्य, सुमधुर सम्बन्ध बनाउँदै ऊर्जाको व्यापार गर्नुपर्नेमा जोड दिए । ‘बिजुली बेच्नुपर्छ । अनि, हामीलाई उपयोग गरेर बढी भएको पानी पनि सिंचाइ र खानेपानीका रूपमा बोटलिङ गरेर बेच्न सकिन्छ ।’–उनले भने– ‘पर्यटनको दृष्टिकोणबाट पनि नेपालमा धेरै सम्भावना छ । उदार तथा दीगो पर्यटन कार्यक्रम सञ्चालन गर्नुपर्छ । यी नीति लिएर देश विकास गर्नुपर्छ भन्ने मेरो मूल एजेण्डा हो ।’
सुकुम्बासीको नाममा गरिबसँग सधैं राजनीति गरिराख्ने प्रवृत्ति एमालेमा बढी देखिएको बताएका उनले यसको अन्त्यका लागि शक्तिशाली आयोग, भूमि र नापीसम्बन्धी विशेषज्ञ एवं प्राविधिक कर्मचारी बढाएर समस्या समाधान गर्न सकिने बताए, आफू जनप्रतिनिधि भए सुकुम्बासी समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि नीति निर्माण एवं कार्यान्वयन गर्ने बताए । पर्यावरणीय सुद्धिका लागि वन बढाउन किसानहरूलाई प्रोत्साहित गर्ने, सिंचाइको ब्यवस्था गर्दै मलखादको ब्यवस्थापन गरी उत्पादन बृद्धि गर्ने, दमक–पाँडाजुँगी आसपासमा रहेको सरकारी जग्गामा क्षेत्रस्तरीय अस्पताल बनाउने योजना समेत उनले सुनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअधिकारीको आकांक्षा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img