HomeFeatured 2मुसा प्रबृत्तिले देशको विकास हुन सक्दैन–सिटौला

मुसा प्रबृत्तिले देशको विकास हुन सक्दैन–सिटौला

भद्रपुर २९ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला मुसा प्रबृत्तिले देशमा विकास हुन नसक्ने बताएका छन् ।
झापा क्षेत्र नं.–३ का उम्मेद्वार समेत रहेका सिटौलाले गणतन्त्रको संविधान अनुसारको राज्यको सुविधा लिने अनि त्यही संविधानलाई भत्काउछु भन्नेबाट देश विकास हुन नसक्ने बताउँदै सिटौलाले भने–‘सुविधा पनि लिने, संविधान अनुसारका संरचना र व्यवस्था भत्काउँछु भन्ने मुसा प्रबृत्तिले देशको विकास हुन सक्दैन, लोकतन्त्रका लागि योगदान गरेका कम्युनिष्टहरुले यो कुरा बुझ्न र बुझाउन आवश्यक छ ।’ वितेको ५ वर्षमा आफूलाई चुनाव जिताउनेलाई धन्यवादसम्म नदिने र आएको बजेट कार्यान्वयनका लागि समन्वयसम्म गर्न नसक्नेबाट विकासका काम अघि बढ्न नसक्ने सिटौलाको भनाई थियो ।
बामपन्थी विचारधारा बोक्ने, गणतन्त्रका लागि योगदान गर्ने र गणतन्त्रको संविधान लेख्ने कम्युनिष्टले जनआन्दोलनको मर्म र भावना विर्सेर राजावादीलाई भोट हाल्ने कम्युनिष्टलाई आफूले बुझ्न नसकेको बताउँदै भने–‘लोकतन्त्र कांग्रेस, एमाले, माओवादी सबै मिलेर ल्याएको हो, संविधान सबैले मिलेर लेखेको हो, उनले थपे–तर, त्यही लोकतान्त्रिक व्यवस्था विरोधी, देशमा शान्ति स्थापना विरुद्ध उभिएकालाई आफ्नै अपमान हुने गरी कम्युनिष्टले किन भोट हाल्दैछन् भन्ने कुरा बुझ्न सकेको छैन ।’
राजनीति इमान्दारिता, नीति र सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिंदै सिटौलाले लोकतान्त्रिक संविधान जारी भएको पहिलो निर्वाचनबाट लोकतन्त्र पक्षधरबाट नीति सिद्धान्त विपरित हुनु संविधान अनुरुप संघियता र समानुपातिक सिद्धान्त विपरित भएको टिप्पणी गरे ।
क्षेत्र नं. ३ मा आज साविक पृथ्वीनगरका हिमाली, सगरमाथा, ज्ञानेचोक लगायत विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मुसा प्रबृत्तिले देशको विकास हुन सक्दैन–सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img