Homeसमाचारतीब्र बन्दै चुनावी प्रचार अभियान

तीब्र बन्दै चुनावी प्रचार अभियान

झापा । निर्वाचन आउन ७ दिनमात्रै बाँकी रहँदा गठबन्धनका उम्मेद्वारहरुले प्रचार अभियानलाई तीब्र पारेका छन् । पार्टीले जारी गरेको घोषणापत्रमा रहेका जनमुखी कार्यक्रम, आ–आफ्ना क्षेत्रका समस्या र समाधानका योजना बताउँदै उम्मेद्वारहरु पार्टीका नेता–कार्यकर्ताहरु मतदाताका घर–घरमा पुगिरहेका छन् ।
यही क्रममा झापा क्षेत्र नं–१ को मेचीनगर नगरपालिका वडा नं–२, ३ र ५ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । झापा क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार  विश्वप्रकाश शर्मा, प्रदेशसभा–१ का उम्मेद्वार गोपाल तामाङ र प्रदेशसभा–२ का उम्मेद्वार श्यामविर लिम्बूसहितको टोलीले मतदाताका घरघरमा पुगेर गठबन्धनका पक्षमा मत मागेका हुन् ।  
यसैगरी झापा क्षेत्र नं–२ अन्तरगत अर्जुनधारा नगरपालिका–६ र विर्तामोड नगरपालिका वडा नं–४ र ६ मा घरदैलो अभियान र कोणसभा सम्पन्न भएको छ । अर्जुनधारा–६ विहानी टोल, महानन्द चोक लगायतका विभिन्न चोकमा आयोजित कोणसभालाई नेपाली कांग्रेस प्रदेश–१ का सभापति उद्वव थापा, प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना, प्रदेशसभा–२ का उम्मेद्वार खगेन्द्र मैनाली लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।
अहिलेको निर्वाचन अग्रगमन चाहने र प्रतिगामी शक्तिबीचको प्रतिष्पर्धा भएको बताउँदै बक्ताहरुले संविधान एवं लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन अपिल गरेका थिए । नेत्रप्रसाद विमलीको सभापतित्वमा विभिन्न चोकमा कोणसभा सम्पन्न भएको थियो । यसैगरी क्षेत्र नं–२ प्रदेशसभा–१ का उम्मेद्वार पुष्प पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले विर्तामोड–४ र ६ मा घरदैलो सम्पन्न गरेका हुन् ।
यसैगरी झापा क्षेत्र नं–३ अन्तरगत भद्रपुर नगरपालिका भद्रपुर–७ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कृष्णप्रसाद सिटौला, प्रदेशसभा–१ का उम्मेद्वार भूमिप्रसाद राजवंशी र प्रदेशसभा–ख का उम्मेद्वार पूर्णसिंह राजवंशीसहितको टोलीले मतदाताका घरघरमा पुगेर मत मागेका हुन् । विभिन्न स्थानमा आयोजित कोणसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सिटौलाले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–४ अन्तरगत शिवसताक्षी ८ र ११ तथा झापा गाउँपालिकाको ५ र ६ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । कोणसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार देउकुमार थेवे, प्रदेशसभा–१ का उम्मेद्वार झलकसिंह दर्लामी सन्देश, प्रदेशसभा–२ का उम्मेद्वार एकराज उप्रेती लगायतले सम्बोधन गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–५ अन्तरगत झापाको दमक १ र ३ तथा कमल–४ र गौरादह–३ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । घरदैलो कार्यक्रमका क्रममा आयोजित कोणसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, प्रदेशसभा–१ का उम्मेद्वार जीवनकुमार राई, प्रदेशसभा–२ का उम्मेद्वार  रेवतराज पुरी (गगन) लगायतले सम्बोधन गरेका थिए । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतीब्र बन्दै चुनावी प्रचार अभियान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img