HomeFeatured 2छविलाललाई उम्मेदवार बनाएर युवाको माग पूरा गर्यो एमालेले

छविलाललाई उम्मेदवार बनाएर युवाको माग पूरा गर्यो एमालेले

झापा क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका नेकपा एमालेका युवा नेता छविलाल चूडाल ४० वर्षको हुनुभयो । बुबा हरिप्रसाद चुडाल र आमा कृतिकुमारी चुडालको तीन सन्तान मध्ये कान्छो छोराको रुपमा २०३९ साल फागुन ११ गते छविलालको जन्म भएको हो । हालको हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोकमा उहाँको जन्म भएको हो ।
उमेरका हिसाबले तुलनात्मक रुपमा छविलालले सम्पादन गरेका काम र जिम्मेवारीहरु धेरै भेटिन्छन् । विश्वज्योति सेकेन्डरी स्कूल हल्दिबारीबाट २०५७ सालमा एसएलसी उत्तीर्ण गरेका छविलालले प्रविणता प्रमाणपत्र तह भर्ना भएकै वर्ष महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य बन्ने अवसर पाउनु भयो । सोपछि बितेका २० वर्ष उहाँ कहिल्यै जिम्मेवारी विहीन बन्नु परेको छैन ।
मरव क्याम्पस इलामबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि बिबिएस पढ्न काठमाडौं जानु भएका उहाँले शंकरदेव क्याम्पसमा भर्ना भएर अनेरास्ववियुको जिम्मेवारी सम्हाल्नु भयो । २०६० सालमा शंकरदेव क्याम्पस कमिटी सदस्य बनेर गहकिलो राजनीतिक जिम्मेवारी निर्वाहा गर्न सुरु गर्नुभएका उहाँले सो कमिटीमा क्रमशः कोषाध्यक्ष, सचिव र अध्यक्ष पदमा एक–एक कार्यकाल काम गर्नुभयो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दबदवा रहेको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उहाँले स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा विजयी भएर एउटा इतिहास कायम गर्नुभएको थियो । उहाँले शंकरदेव क्याम्पसबाटै २०६७ सालमा एमबिएस तहको अध्ययन पूरा गर्नु भएको छ ।
शिवसताक्षी नगरपालिका माइधारकी निर्मला चापागाईंसँग २०६७ सालमा विवाह बन्धनमा बाँधिनु भएका छविलाल चुडालका एक छोरा र एक छोरी गरी २ जना सन्तान छन् ।
विद्यार्थी राजनीतिक यात्राका क्रममा चुडालले २०६७ सालदेखि नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारी सुरु गर्नुभयो । अर्को महाधिवेशनबाट उहाँ पुनः केन्द्रीय सदस्य विजयी भई २०६९ सालदेखि केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गर्नुभयो ।
विद्यार्थी जीवनबाट क्रमशः विश्राम लिँदै चुडालले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्नुभए पछि २०७२ सालमा झापा जिल्ला युवा परिषद्को अध्यक्ष बनेर सामाजिक जिम्मेवारीतर्फ अघि बढ्नु भयो ।
यसपछि उहाँ २०७५ सालमा नेकपा झापाको जिल्ला सदस्य तथा युवा इन्चार्ज रहेर काम गर्नुभयो भने गतवर्ष २०७८ पुष महिनामा सम्पन्न नेकपा एमाले झापा जिल्ला कमिटीको १०औं अधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भई हाल सचिवालय सदस्यको भूमिकामा हुनुहुन्छ । चुडाललाई पार्टीले झापा क्षेत्र नम्बर ३ (२) को संयोजक तोकेर थप जिम्मेवारी दिएको छ ।
अध्ययनसँगै विद्यार्थी राजनीति, सरकारले दिएको युवा परिषद्को जिम्मेवारी र नेकपा एमालेले दिएको पार्टी काम सबै सम्हालेर पनि छविलालले आइएलओले प्रमाणीकरण गरेको उद्यमशील तालिमको प्रशिक्षकको रूपमा काम गरी जीविकोपार्जन गरिरहनु भएको छ ।
हल्दिबारी क्षेत्रमात्र होइन झापाका धेरै स्थानमा स्थानीय समाजमा उत्पन्न हुने समस्याहरूको समाधानको लागि छविलालले महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएको छ । यस्तो राजनीतिक एवम् सामाजिक पृष्ठभूमिका उहाँलाई नेकपा एमालेले उहाँकै जन्मभूमि झापा निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।
राजनीतिक दलहरुले देशैभरि युवालाई अवसर नदिएर ७० काटेकाहरु नै सधैंभरि हावी भइरहे भन्ने आरोपलाई एमालेले यहाँ खण्डित गरेको छ । पार्टीले तीन छिमले जिम्मेवारहरुलाई आवश्यकता अनुसार विभिन्न पदमा अगाडि सार्ने गरेको यथार्थलाई झापा निर्वाचन क्षेत्र नं. ३ (२) मा युवाको माग पूरा गरेको छ । छविलाललाई प्रदेशसभा सदस्य पदको उम्मेदवार बनाएर पार्टीले युवाको मनमात्र जितेको छैन, प्रदेश सांसद बनेर छबिलालले यिनै युवाको आवाजलाई संसदबाट मुखरित गर्ने विश्वास लिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2छविलाललाई उम्मेदवार बनाएर युवाको माग पूरा गर्यो एमालेले
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img