Homeसमाचारधुम्रपान तथा सूर्तिजन्यबस्तु विक्री वितरण बिरुद्ध चेतनामुलक कार्यक्रम

धुम्रपान तथा सूर्तिजन्यबस्तु विक्री वितरण बिरुद्ध चेतनामुलक कार्यक्रम

भद्रपुर १२ असोज । झापाको चन्द्रगढीमा बालबालिकाहरुलाई मध्यपान, धुम्रपान तथा सूर्तिजन्यबस्तु विक्री वितरण नगरौ भन्ने जनचेतनामुलक सार्वजनिक बोर्ड राख्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा बुधवार चन्द्रगढीमा आयोजित कार्यक्रमका बीच भद्रपुर नगरपालिका वडा नं १० को गेटमा जनचेतनामुलक बोर्ड राख्नुका साथै १८ बर्ष मुनिका कुनै पनि बालबालिकालाई उल्लेखित कार्यहरु नगराउआंै, गरेमा दण्ड जरिवाना गराऔ भन्ने बोर्ड राख्नुका साथै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको हो ।
जनचेतनामुलक बोर्डको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला प्रहरी कार्यालय झापाका प्र्रहरी प्रमुख विश्वमणी पोखरेलले ध्रुमपान मध्यपान जस्ता बस्तुको प्रयोग र वितरण नियन्त्रणको प्रयास आफैबाट शुरु हुनुपर्ने बताउनु भयो ।
उहाँले प्रहरीले मात्रै केहि गर्न नसक्ने भन्दै सबैको सहयोगमा मात्र अपराध नियन्त्रण गर्न सकिने प्रहरी प्रमुख पोखरेलको भनाई थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकले दुव्र्यसन नियन्त्रणमा सरोकारवाला पक्ष मौन रहेको भन्दै दुव्र्यसन नियन्त्रणका लागि बालबालिकाहरुको दिमागमा चेतना दिनसके समाजबाट दुव्र्यसन नियन्त्रण हँुदै जाने बताउनु भयो ।
कार्यक्रममा समाज सेवी देवेन्द्र गौतम, विरेन्द्र मावि चन्द्रगढीका प्रधान अध्यापक खिलाराज कोईराला, वडा अध्यक्षहरु टेकबहादुर खड्का काजी, अभिषेक ढुुङ्गाना लगायतले बोल्दै सुधार आफैबाट गर्नुपर्नेमा जोड दिनुभयो । पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बाबुराम कार्की र सञ्चालन खड्गबहादुर बुढाथोकीले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधुम्रपान तथा सूर्तिजन्यबस्तु विक्री वितरण बिरुद्ध चेतनामुलक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img