सुरुङ्गा । उत्पादनमा लाग्ने कच्चा पदार्थको मूल्य निरन्तर बढेपनि उत्पादित उपभोग्य सामग्रीको लागत मूल्य बृद्धि हुन नसक्दा व्यवसाय सञ्चालनमा चिन्तित भनेका बेकरी व्यवसायीहरु संगठित भएका छन् ।
यसअघिसम्म छुट्टाछुट्टै आ–आफ्नै तरिकाले व्यवसायी सञ्चालन गर्दै आएका उनीहरुले शनिबार सुरुङ्गामा भेलाको आयोजना गरी संगठित भएका हुन् ।
चिन्तित बेकरी व्यवसायीहरुको शनिबार सम्पन्न एक भेलाले बेकरी उद्योग व्यवसायी संस्था गठन गरेको छ ।
झापा जिल्लाभरीका बेकरी व्यवसायीहरुको झापाको सुरुङ्गामा सम्पन्न भेलाले सृजना बेकरी उद्योगका सञ्चालक नरबहादुर गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रेडमग बेकरीका रेवतचन्द्र भण्डारी, सचिवमा पञ्चामृत बेकरीका सुमन चिमरिया, कोषाध्यक्षमा गणपति बेकरीका राजु ढकाल रहेका छन् ।
सदस्यहरुमा गौरादहका शिव कार्की, काँकरभिट्टाका चन्द्र ढुङ्गेल, विर्तामोडका भिमा शिवाकोटी र गणेश घोष, दमकका अमिन थापा, कमल गाउँपालिकाकी कविता राई, शुष्मा राजवंशी मेचीनगर र रमेश राजवंशी विर्तामोड रहेका छन् ।
नरबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागतसहित औचित्यमाथि राजु ढकालले प्रकाश पार्नुभएको थियो भने भिमा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा दिनेश अधिकारीले विषयबस्तु प्रस्तुत गर्नुभएको थियो ।
भेलाले बेकरी उत्पादन गर्न लाग्ने सामग्रीको मूल्य निरन्तर बढिरहे पनि बेकरीको मूल्य भने समायोजन हुन नसक्दा व्यवसायीहरु मारमा परेको भन्दै त्यसको उचित निकास निकाल्न भूमिका खेल्न नेतृत्वलाई आग्रह गरेको बताइएको छ ।
बेकरी व्यवसायी संगठित



















