Homeसमाचारघटस्थापना र टिकाको साइत

घटस्थापना र टिकाको साइत

झापा । हिन्दू परम्परा अनुसार आजदेखि पितृ पक्ष सकिएको छ । सोह्र श्राद्धमा दिवंगत पितृको स्मरण गर्ने दिन विशेष अनुसार सन्ततीले आफ्ना दिवंगत पितृहरुको श्रद्धापूर्वक श्राद्ध कर्मगरी शनिबार औंसीका दिन पितृपक्षलाई विदा गरेका छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका–प्रसाद ग्रहण र विशेष रुपमा पूर्णिमासम्म दशैं मनाउने गर्छन् ।
आइतबारदेखि नवरात्र सुरु हुँदैछ । देवी र दानवसंग किंवदन्ती जोडिएको सोह्र श्राद्धपछिको आउने दशमीलाई हिन्दू धर्ममा निकै महत्वका साथ मनाइन्छ । खास गरी दशैं असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा लिइने परम्परा अनुसार नवरात्रका नौदिनसम्म विभिन्न रुप धारण गरेकी शक्ति सम्पन्न देवीको पूजा गर्ने र दशौं दिन देवीको प्रसादका रुपमा टिका र जमरा ग्रहण गर्ने गरिन्छ ।
घटस्थापनाका दिन विधिपूर्वक राखिएका जौंका जमरा नौ दिनसम्म पूजा गर्ने र दशौं दिन त्यही जमरा प्रसादका रुपमा मान्यजनहरुले आफूभन्दा सानालाई लगाइदिने गरेका छन् ।
मान्यजनबाट आशिर्वाद थाप्ने यो समय सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि अन्यको तुलनामा अलि धेरै दिन विदा हुने भएपछि आफन्तसंग भेटघाट समेत हुने हुँदा प्रायः वर्षदिन भरी घर बाहिर रहेका आफन्तहरु घर फर्कनेहुनाले पनि यो चाडको विशेष महत्व रहँदै आएको छ ।
यो हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गरिन्छ । यस वर्ष असोज २१ गते परेको दशैंको टीकाको उत्तम साइत बिहान १०ः३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।
घटस्थापनाको शुभ साईत भने असोज १२ गते (आइतबार) बिहान १० बजेर ३५ मिनेटमा नै रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकरी दिए ।
उनका अनुसार विजया दशमीको दिन बिहान ८ ः४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भएपनि उत्तम साइत भने १०ः३५ मिनेटमा रहेको छ ।
घटस्थापनाका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसदिन घटस्थापना भन्ने गरिएको हो। यस् दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरि विजया दशमीको दिन दुर्गादेवीको प्रसाद लगाउने गरिन्छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघटस्थापना र टिकाको साइत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img