
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार बिहान सवा ११ बजेको बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी टिनको छाना भएको १ तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट हुँदा क्षति भएको बताइएको छ ।
आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा पौने १२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



















