
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा शुक्रवार ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
दिउँसो सवा १२ बजे पथरी शनिश्चरे नगरपालिका–३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० का ४६ बर्षीय बिमल न्यौपाने घाईते भई उपचारको लागि पथरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।



















