बिर्तामोड १५ असार । भारी वर्षातका कारण विस्थापित भएका झापाको गौरीगंज १ का विस्थापत परिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहत वितरण गरेको छ ।
जिल्ला शाखाले आज गौरीगञ्जका विस्थापित परिवारलाई ६०/६० थान त्रिपाल र हाईजिन किट वितरण गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
भारी वर्षात पछि झापाका उत्तर दक्षिण भएर बग्ने नदी तथा खोलामा आएको बाढीले डुवान हुँदा २८९ घरपरिवार विस्थापित भएका थिए ।
पानीको सतह घट्दै गएसंगै विस्थापित मध्ये १६४ परिवार घर फर्किएपनि बाँकी परिवार कोही छिमेकीको आश्रयमा बसेका छन् भने कोही सार्वजनिक स्थलमा बस्दै आएका छन् ।
रेडक्रसद्वारा बाढी पीडितलाई राहत

































































































