Homeसमाचारपहिरोमा परी सासू बुहारीको मृत्यु, एक घाइते

पहिरोमा परी सासू बुहारीको मृत्यु, एक घाइते

फुङलिङ ३ गते । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले स्थानीय उद्योग अधिकारीको घर किच्दा घरभित्र रहेका सासु बुहारीको मृत्यु भएको हो भने छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मृत्यु हुनेमा अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको र ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन ।पहिरोले किच्दा अधिकारीको ३ तले घर र गोठ पूर्णरुपमा क्षति भएको छ भने घाइते विष्णुुलाई उपचारका लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ ।
पहिरो गएको ठाउँमा थप उद्दारका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपहिरोमा परी सासू बुहारीको मृत्यु, एक घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img