Homeसमाचारसात मिनेटमा सुरक्षा

सात मिनेटमा सुरक्षा

भद्रपुर १ असोज । जिल्ला प्रहरी कार्यालय झापाले नजिकिंदो चाडपर्व लक्षित सुरक्षा योजना आज (असोज १ गते) देखि लागु गरेको छ ।
चाडपर्वका बेला वित्तिय कारोबार हुने स्थानमा लुटपाट र चोरीका घटना हुनबाट रोक्न विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वित्तिय कारोबार बढी हुने क्षेत्र, विर्तामोड, दमक, गौरादहसहित जिल्ला प्रहरी कार्यालयमा बैंकिङमा संलग्न बैंकर्सहरुसंग छलफल गरिएको छ ।
प्रहरीले दशैं–तिहार र छैंठ पर्वलाई लक्षित गरि जिल्लामा एकहजार दुईसय ३५ जना प्रहरी परिचालनको गरेको छ । चाडपर्व सुरक्षा विशेषका लागि प्रदेश प्रहरीसमक्ष थपजनशक्ति समेत माग गरेको जिल्ला प्रहरी कार्यालयले ४० वटा चेकप्वइन्ट, ७ वटा राजमार्ग गस्ती, ७ वटा रिजर्व टोलीको व्यवस्था गरेको जनाएको छ । त्यसैगरी १२३ क्युआरटी तय गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
चाडपर्व लक्षित सुरक्षा योजना कडाईका साथ कार्यान्वयन गर्ने जनाएको प्रहरी कार्यालयले असोज १ गते (आज)–बाट योजना लागु गरेको छ ।
चोरी, तस्करी नियन्त्रण तर्फ सघन गस्तीको व्यवस्था, सूचना संकलन र अवैध वस्तु र सामानको ओसारपसारलाई नियन्त्रण गर्ने, बरामद गर्ने अभियानलाई तिब्र बनाउने तयारी गरेको जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले बताउनु भयो । उहाँले भन्नुभयो–चाडपर्वका बेला कसैले पनि पीडाको महसुस गर्न नपरोस् भन्ने उद्देश्यले विशेष सुरक्षा योजना ल्याइएको हो ।’ सुरक्षा योजना लागू भएपछि प्रहरीले तत्कालै सुरक्षा उपलब्ध गराउन सक्ने प्रकृतिको योजना बनाएको बताउँदै मैनालीले भन्नुभयो–‘कुनै त्यस्तो समस्या भए प्रहरीलाई जानकारी प्राप्त भएको ५ देखि ७ मिनेटमा सुरक्षार्थ प्रहरी उपस्थित हुन्छ ।’ सुरक्षा योजना लागु हुनु एकदिन अघि जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चाडपर्व सुरक्षा योजनाबारे पत्रकारलाई जानकारी दिंदै जिल्ला प्रहरी प्रमुख मैनालीले यस्तो जानकारी दिनुभएको हो ।
बैंक तथा वित्तिय कारोवार हुने स्थानमा भने प्रहरीले सुरक्षा गस्तीका साथै निगरानीका लागि अन्य तरिका समेत अपनाएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसात मिनेटमा सुरक्षा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img