Homeसमाचारयाेगदान दिवसमा रक्तदान

याेगदान दिवसमा रक्तदान

बुद्धशान्ति । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचौकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजु बुढाथोकीले जानकारी दिएकी छिन् ।
संस्थाका अध्यक्ष संग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रैलाको प्रमुख आतिथ्यता त्यस्तै बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, रेडक्रश झापा जिल्ला सभापति लोकराज ढकाल लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष डिल्लीराम पोख्रेलले गरेका थिए ।
रक्तदान कार्यक्रम संगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोड स्थित परोपकार वृद्धाश्रममा फलफुल र जुस वितरण गरेको संस्थाका प्रवक्ता विजय उप्रेतीले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयाेगदान दिवसमा रक्तदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img