भद्रपुर २२ जेठ । चन्द्रगढी स्थित परिचित सत्मिलन महिला समुहले संस्था स्थापनाको सन्दर्भ पारेर दुईजना सम्मान गरेको छ ।
२०२७ सालदेखि सदरमुकाम चन्द्रगढस्थित विरेन्द्र माविकी पूर्व शिक्षिका नवकुमारी खनाल र संस्थालाई सहयोग गर्ने दाता भुपालमान कार्कीलाई प्रमाण पत्र सहित विभिन्न सामग्रीसहित सम्मान गरिएको हो ।
सोहि अवसरमा भद्रपुर नगरपालिका वार्ड नं ७ ८ र १० बाट निर्वाचित जन प्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको छ ।
नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख राधा कार्की, वडा नं ७ का वडाध्यक्ष अभिषेख ढुङ्गाना, सम्मानित शिक्षिका खनाल, लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा भद्रपुर ८ का वडाअध्यक्ष मनोज सुब्बा गौरब, शिक्षासेवी गोविन्द लम्साल, श्याम लेप्चा, नेपाली कांगे्रस भद्रपुर नगर सचिव अनिता रिजाल, १० नं वडा सदस्य तुलसी पोखरेल, संगिता कोईराला, समाजसेवी पे्रम तामाङ्ग, सावित्रा न्यौपाने जगा दाता सुवास राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कुमारी राई, सविता श्रेष्ठ, हेमा कन्दङ्गवा, शान्ति राई, दुर्गा लिम्बु लगायतलाई नयाँ सदस्यता समेत प्रदान गरिएको थियो ।
समुहकी अध्यक्ष यशोदा कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मेनका शर्माले गर्नुभएको थियो ।
सत्तमिलन महिला समुहको स्थापना दिवसको अवसरमा सम्मान

































































































