Homeसमाचारस्थानीय तह लक्षित नमुना मतदान सम्पन्न

स्थानीय तह लक्षित नमुना मतदान सम्पन्न

भद्रपुर १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा मतदाताहरुलाइ कसरी सहभागिता गराउने भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय झापाले नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा बिहिबार आयोजित कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मतदाताको रुपमा मतदानमा सहभागिता गराइएको थियो ।
सहभागि ५५ जना विद्याथीृहरुले काल्पनिक मतपत्रमा मतदान गरेका थिए ।
कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनमा सहभागि हुने मतदाताहरुलाई निर्वाचनमा सहभागि हुँदा पालना गर्नुपर्ने विषयका बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले मतपेटिकामा मत खसाल्ने लगायत विभिन्न बिषयमा समेत मतदाताले पालना गर्नुपर्ने कुरामा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत गिरीराज गौतम, झापाका प्रमुख जिल्ला अधिकारी छवी रिजाल सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि ,कर्मचारी लगायतको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।
यहि बेैशाख ३० गते झापाका ७५५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्थानीय तह लक्षित नमुना मतदान सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img