Homeसमाचारनेतृत्वको कार्यशैलीप्रति कार्यकर्ताको असन्तुष्टि

नेतृत्वको कार्यशैलीप्रति कार्यकर्ताको असन्तुष्टि

विर्तामोड २८ भदौ । नेपाली कांग्रेसको दोस्रो जनजागरण अभियान अन्तरगत झापाका कांग्रेस कार्यकर्ताले केन्द्रीय नेतृत्वको कार्यशैली, राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण र वर्तमान कम्युनिष्ट सत्ताले गरेको भ्रष्टाचार र जनदमनको विरोध गरेका छन् ।
शनिवार झापा संसदीय क्षेत्र नं–२ को प्रदेश निर्वाचन क्षेत्र ख को अर्जुनधारा साविक खुदुनावारीमा आयोजित विशेष सामाजिक संवाद विसंगति विरुद्धको जागरण कार्यक्रमका क्रममा कांग्रेस कार्यकर्ताले नेतृत्वबाट जनअपेक्षा अनुरुपका कार्य गर्न दवाव आएको थियो ।
कार्यकर्ताहरुले सबै केन्द्रीय नेताहरु आगामी १४ औं महाधिवेशनमा पार्टीको वडा तथा बुथबाटै निर्वाचित भएर आउनु पर्ने, बैधानिक समयावधि समाप्त भएका भातृ संस्थाहरुको अविलम्ब महाधिवेशन गराउनु पर्ने, वर्तमान कम्युनिष्ट सत्ताले गरेको वाइडबडी भ्रष्टाचार काण्ड, टेलिकमको फोरजी भ्रष्टाचार काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल प्रकरण लगायतका ठूला भ्रष्टाचारका अपराधहरुमा पार्टी नेतृत्वले स्पष्ट दृष्टिकोण बनाएर विरोध गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि जनाएका हुन् ।
कांग्रेस सत्तामा हुँदा युवा रोजगार र जनमुखि लोकप्रिय कार्यक्रम ल्याउन नसक्दा युवा विदेश पलायन हुनुपरेको, दशकौंदेखि ऐलानीप्रति जग्गामा बसोबास गरेका, त्यस्ता जग्गाको श्रेष्ता नक्सा, फिल्ड बुक भएर पनि धनीपूर्जा वितरण नभएका, भारतीय नाकाबन्दीका बेला पार्टी नेतृत्वले खरो ढंगले विरोध गर्न नसकेको लगायतका विषयमा कमजोरी औल्याउँदै ७० वर्ष कटेका नेताहरुले विश्राम लिई संरक्षकका रुपमा रहनुपर्नेमा पनि कार्यकर्ताले जोड दिएका थिए ।
अर्जुनधारा नगरपालिकाका वडा नं. १, २ र ३ का कार्यकर्ताहरुको ४ वटा समूह बनाइ अलग अलग समूहबाट आएका सुझावहरु समूहका प्रतिनिधिहरु किशोर खवास, कृष्ण थापा, डिल्ली भट्टराई र बाबुराम बुढाथोकीले प्रस्तुत गर्दै केन्द्रीय प्रतिनिधि डा. सुनिल शर्मालाई बुझाएका थिए ।
प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि डा. सुनिल शर्मा, प्रदेश क का केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले कार्यकर्ताका जिज्ञासाहरुको जवाफ दिंदै प्राप्त सुझावहरु केन्द्रमा जस्ताको जस्तै प्रस्तुत गर्ने भनाई राख्नु भयो ।
समूह प्रतिनिधि जलकुमार गुरुङ्ग, भूमा घिमिरे, प्रचार विभाग प्रमुख कृष्ण हुमागाँई, २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि पुन्य ओझा लगायतको उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरसभापति हेमराज खरेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन जीवनकुमार भण्डारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेतृत्वको कार्यशैलीप्रति कार्यकर्ताको असन्तुष्टि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img