झापा १५ चैत । जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै हातहतियार बुझाउन सूचना गरी जारी गरेको छ ।

२०७९ साल बैशाख ३० गते हुने निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित बातावरणमा सम्पन्न गर्नका लािग भन्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त गरी विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता हुने गरी नजिकको प्रहरी कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको हो ।

































































































