सुरूङ्गा, । कनकाई नगरपालिका भित्र रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, रा.प्र.पा., ज.स.पा. र साझा विवेकशिल एक ठाउँमा उभिएका छन् । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्दै आएको एकलौटी निर्णयका कारण नगरवासीले दुख पाएकाे तथा काेरिया पठाउने नाममा भएकाे घोटलाका विषय लगायतको विरोध गर्दै एमाले बाहेक सबै दल एकैठाउँमा उभिएका हुन ।
कनकाइ नगरपालिकको कार्यलय भित्र भएको उक्त विरोध सभामा नगर भित्रको अनियमितता र भ्रष्टाचार तथा अन्य विविध विषयमा देखिएका समस्याका लागि ३ दिन भित्रमा छानविन समिति गठन गरेर सत्य–तथ्य बाहिर ल्याउन माग गरेका छन् । मेयर पाेखरेलले कुनै पनि प्रकारका नगर अनुदानका लागि पारिवारिक सम्बन्ध या त नेकपा एमालेको निकट नै हुनु परेकोमा आपती जनाउँदै अब सवैले सचेत हुन जरुरी रहेको दलको माग रहेको थियो । नगर प्रमुखलाई पहिले नै दिएको ध्यानाकर्षण पत्रको समेत वेवास्ता गरिएकोले यथाशीघ्र माघ बमोजिमको सम्पुर्ण विवरणहरु उपलब्ध नगराए आन्दोलनलाई ससक्त बनाएर अघि बढ्ने चेतावनी दिए । विरोध र्यालीलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापती दुर्गाप्रसाद प्रसाई अहिलेको नगरको जल्दो–वल्दो समस्याका बारेमा प्रस्याउँदै आम नागरिकहरु समेत सचेत रहनु पर्नेमा जोड दिनु भएको थियो ।
झापा विवेकशिल पार्टीका तर्फवाट गोपाल चुडाल, रा.प्र.पा. का तर्फवाट ज्योतीकुमार उप्रेती, माओवादी कन्द्रका कनकाई नगर ईन्चार्ज गोपाल प्रसाई र कार्यक्रमवाट ५ दलहरुको हस्ताक्षर रहेको १ प्रति ध्यानाकर्ष–पत्र नगर प्रमुखबको कार्यत्रक्षको ढोकामा टाँसिएको र अर्को ७ बुद्धे ज्ञापन–पत्र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय झापामा बुझाईएको थियो । सामुहिक हस्ताक्षर सहितको उक्त ज्ञापन–पत्रमा हालसम्म आएका जल्दा–बल्दा समस्याको समाधानका लागि सरोकारवालाले जिम्मा लिनु पर्नेमा जोड रहेको थियो । विरोध कार्यक्रमको सन्चालन नेपाली काङ्ग्रेस नगर सचिव रेणुप्रसाद कडेलले गर्नु भएको थियो ।
नगरपालिकामा अनियमितता भएकाे भन्दै कनकाईमा एमाले बाहेकका दल एकै ठाउँ



















