भद्रपुर ११ चैत । झापाको ज्यामिरगढीमा एकदिने कानुनी साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल बार एशोसिएसन झापाको आयोजनामा ज्यामीरगढी माविको प्रांगणमा आयोजित कार्यक्रममा लागु औषध दुव्र्यसन र बालअधिकार लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५ दर्जन विद्याथीलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा लागु औषध दुव्र्यसनका बिषयमा चेतना नेपालका अध्यक्ष इृन्द्रप्रसाद ओली, लागु औषध नियन्त्रण ऐनले गरेका दण्ड सजायँका बारेमा अधिबक्ता यज्ञलक्ष्मी चौंलागाई र बाल अधिकारका बिषयमा अधिबक्ता खगेन्द्र खरेलले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानअन्याध्यापक सन्तबहादुर चौम्लागार्इृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा बारका अध्यक्ष हरी अधिकारी लगायतका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
बिद्यालयमा कानुनी साक्षरता शिक्षा

































































































