Homeसमाचारसिम्रिकको दुई अर्व ६९ करोड ३५ लाख बढीको बजेट

सिम्रिकको दुई अर्व ६९ करोड ३५ लाख बढीको बजेट

विर्तामोड २७ भदौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले नवांै बार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न साधारणसभामा ८४ करोड १ लाख ४४ हजार चार २४ रुपैयाँको वासलात रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाको अघिल्लो आर्थिक वर्षमा रहेको ६० करोड ४६ लाख २७ हजार चारसय २९ मा उल्लेख्य बृद्धि गरी ८४ करोड बढी पुर्याएको हो । संस्थाले चालु आवको अन्त्यसम्ममा एकअर्व २६ करोड २१ लाख २७ हजार वासलात पुर्याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष बस्नेतद्वारा नवौं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
झापाका विभिन्न १६ वटा सेवा केन्द्रमार्फत सेवा वित्तिय सेवा प्रवाह गर्दै आएको सिम्रिकका हाल २१ हजार बढी सदस्य रहेको बताइएको छ ।
२०६७ सालमा ५५ जना शेयर सदस्यबाट २० लाख शेयर पूँजीबाट शुरु गरेको संस्थाले ९ वर्षको अवधीमा १० करोड ८९ लाख ८६ हजार चारसय शेयर पूँजी पुर्याएको छ । संस्थामा यसै आर्थिक वर्षदेखि झापाको भद्रपुरमा मुख्य कार्यालय रहेको सनसाइन बचत तथा ऋण सहकारी समेत मर्ज भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । मर्ज भएसंगै सनसाइनको संस्थाको सम्पूर्ण दायित्व पनि सिम्रिकमा जोडिएको छ ।


आफ्नो शेयर सदस्यहरुलाई विभिन्न किसिमका राहत तथा सेवा सुविधा उपलब्ध गराउँदै आएको सिम्रिकले आव २०७५÷०७६ मा २४ लाख ७८ हजार छसय ४८ रुपैयाँ खर्चिएको छ भने सुत्केरी, स्वास्थ्य, पर्व, मृत्यु लगायतका शिर्षकमा १५ लाख १६ हजार खर्च गरेको छ ।
सिम्रिकले सामाजिक उत्तरदायित्व अन्तरगत खेलकुद, शेयर सदस्यहरुका आँखा परिक्षण, रक्तदान, आदिवासी, जनजाति, अपाङ्ग, बृक्षारोपण, सार्वजनिक सम्पदा संरक्षण तथा विकास अभियानका कार्यहरुमा सहयोग गरेको बताईको छ ।
सहकारीले चालु आवका लागि दुई अर्व ६९ करोड, ३५ लाख ५८ हजार रुपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।
संस्थाका अध्यक्ष बस्नेतले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका उपाध्यक्ष तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक मोहनकुमार थापा, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, चेम्बर अफ कमर्श विर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, विर्तामोड महिला चेम्बर अफ कमर्शकी अध्यक्ष संगीता चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिम्रिकको दुई अर्व ६९ करोड ३५ लाख बढीको बजेट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img