HomeFeatured 2गुराँस लाइफ इन्स्योरेन्सकाे अभिकर्ता पुनर्ताजगी तालिम

गुराँस लाइफ इन्स्योरेन्सकाे अभिकर्ता पुनर्ताजगी तालिम

बिर्तामोड १० चैत । गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
गुराँस कम्पनीले बिर्तामोडमा आफ्ना अभिकर्ताहरुलाई काममा उत्प्रेरणा जगाउन पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिपिनकुमार लालले अभिकर्ताहरूलाई ठूला ठूला रकमका मात्र होइन स साना रकमका बिमा गर्नु पर्नेमा जोड दिनुभयो ।
निर्देशक लालले बिमा गराउने क्रममा समाजका तल्लो स्तरका मानिसहरूलाई समेटेर जानुपर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कंडेलले अभिकर्ताहरुलाई दैनिक एउटा बिमा गराउन सुझाव दिदै उत्प्रेरणा जगाउने सिप प्रदान गर्नु भएको थियो।
त्यस्तै, कम्पनी क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कम्पनी हिजोका दिनमा पनि पहिलो थियो र भोलिका दिनमा पनि सोही स्थानमा रहने दावी गर्नु भयो। कार्यक्रममा परदेश १ का उत्कृष्ट पाँच जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमा ईलाम, ताप्लेजुङ, उर्लाबारी,दमक, गौरादह, गाईघाट काकडभिट्टा शाखाका प्रमुखहरू सहित सय अभिकर्ताहरुको सहभागिता रहेको थियो। स्वागत दमक शाखा प्रमुख चन्द्र कला गिरीले र कार्यक्रम संचालन अखिल बोहोराले गर्नु भएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गुराँस लाइफ इन्स्योरेन्सकाे अभिकर्ता पुनर्ताजगी तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img