HomeFeatured 2नेपाल निजामती कर्मचारी संगठनको ११ जिल्ला अधिवेशन सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनको ११ जिल्ला अधिवेशन सम्पन्न

भद्रपुर १४ फागुन । नेपाल निजामती कर्मचारी संगठनको ११ जिल्ला अधिवेशन सम्पन्न भएको छ । चन्द्रगढीको प्रशिक्षण केन्द्रमा सम्पन्न अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय संयोजक केदारप्रसाद देवकोटाले गरेका हुन् ।
संगठनका झापा अध्यक्ष केदारप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य बसन्त बानिया, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, पेशागत महासंघका देवराज कार्की, कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष ज्ञानर शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए
संगठनका उपाध्यक्ष तेजप्रसाद रेग्मीले सञ्चालन गरेको कार्यक्रममा साँगठनिक प्रतिवेदन सचिव दिपक सापकोटा र स्वागत कोषाध्यक्ष मनोज तिम्सेनाले गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्ने छ । जसमा वर्तमान अध्यक्ष केदार पोखरेल नै अध्यक्ष बन्ने चर्चा संगठनका अगुवाहरू माझ रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल निजामती कर्मचारी संगठनको ११ जिल्ला अधिवेशन सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img