Homeसमाचार५५ वर्षपछि पुननिर्माण: चन्द्रगढीको काली मन्दिरको उद्घाटन सम्पन्न

५५ वर्षपछि पुननिर्माण: चन्द्रगढीको काली मन्दिरको उद्घाटन सम्पन्न

भद्रपुर १४ फागुन । झापा सदरमुकाम चन्द्रगढी बजारमा रहेको काली मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । वि सं २०२१ सालदेखि चन्द्रगढी बजारमा स्थानीयको सहयोगमा निर्माण भइ सञ्चालनमा रहेको मन्दिरको ५५ वर्षपछि पुर्ननिर्माण गरी उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वि.सं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरको स्वरूपमा बनाइएको हो ।
मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको जनाइएको छ । मन्दिर निर्माणका लागि आवश्यक अन्य रकम विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर निर्माण समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए । उनका अनुसार काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोही अनुरुपका साना मूर्ति भारतको सिलिगुडीबाट खरिद गरेर ल्याइएको छ । सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइ पाण्डेले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, लगायत विभिन्न दाताहरू, उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार५५ वर्षपछि पुननिर्माण: चन्द्रगढीको काली मन्दिरको उद्घाटन सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img