अर्जुनधारा १४ फागुन । नेपाली काङ्ग्रेस झापा अर्जुनधारा ४ नम्बर वडा समितिद्वारा रातेखालमा आयोजित एक कार्यक्रमका बीच महिला संघ र ज्येष्ठ नागरिक सल्लाहाकार सभा गठन कार्यक्रम गरिएको छ ।
रेनुका बुढाथोकीको अध्यक्षतामा गठित २१ सदस्यीय महिला संघको वडा समितिको उपाध्यक्षमा प्रेमकला लिम्बु र हिरामाया गिरी, सचिव निर्मला खनाल, सहसचिवमा उर्मिला बुढाथोकी र अन्जना पराजुली तथा कोषाध्यक्षमा मायादेबी शिवाकोटी रहनु भएको छ । सदस्यहरुमा निर्मला कटुवाल, लक्ष्मी गिरी, प्रेमकुमारी रिजाल, कंचन जबेगु, गीता दर्जी, रेखा खनाल बुढाथोकी, राधिका दहाल, अम्बिका गिरी, दुर्गा तामाङ्ग, लीला राई, ओमकला कुईकेल रहनुभएको छ ।
जिल्ला पार्टी सचिव कृष्ण हुमागाँईको प्रमुख आतिथ्यता तथा वडा सभापति खेमबहादुर काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा बिशेष अतिथि जिल्ला सदस्य सरस्वति सिटौला, नेबिसंघ पुर्ब महामन्त्री एवम नेका महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, जेष्ठ नागरिक लोकबहादुर बुढाथोकी, महिला संघका वडा अध्यक्ष रेनुका बुढाथोकी लगयतका वक्ताहरुले कम्युनिष्टहरुले छरेको भ्रमबाट गरीब, निमुखालाई कुरा बुझाएर मुक्त गराउनु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो
क्षेत्रीय प्रतिनिधि अमर कटुवालले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा महिला नेतृ जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने संचालन वडा सचिव सुरज राजबंशीले गर्नुभएको थियो ।
त्यसैगरी लोकबहादुर बुढाथोकीको सभापतित्वमा जेष्ठ नागरिक सभा सल्लाहाकार समिति गठन भएको छ । समितिको उपसभापतिमा उमानाथ हुमागाई, सचिवमा प्रकाशमणी काफ्ले रहनु भएको छ । सदस्यहरुमा चन्द्रलाल हुमागाई, नेत्रप्रसाद कटुवाल, कृष्ण बहादुर न्यौपने, मिनबहादुर मगर, हरि दहाल, सनदेब खनाल, दुर्गादेबी कटुवाल, टुकाकुमारी शिवाकोटी, सोमनाथ कुइकेल, मनोरथ पौडेल र मंगलसिंह चेम्जोङ्ग रहनुभएको छ ।
सोहि अवसरमा नेकपा एमाले परित्याग गरी कार्यकर्ताहरु नेकामा प्रवेश गरेका थिए । नवप्रबेसी कार्यकर्तालाई प्रमुख अतिथी हुमागाइले सदस्यता प्रदान गर्नुभएको थियो । सोही भेलाले महिला संघ र जेष्ठ नागरिक सभाको वडासमिति गठन गरेको छ ।
अर्जुनधारा ४ मा महिला संघ र ज्येष्ठ नागरिक सल्लाहाकार सभा गठन

































































































