बिर्तामोड १४ फागुन । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतीनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ ।
शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाउनु भएको हो ।
इन्जिनियर,प्राविधिक सहित सडकमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाउनु भएको हो । गणस्तरहिन कालोपत्रे गरेकाकारण बाध्य भएर
सडक जोत्नु परेको उहाँले बताउनु भयो ।
नगरप्रमुख शिवाकोटीले गुणस्तरीय सडक निर्माण गर्न नसक्ने ठेकेदारहरुले बिर्तामोडमा ठेक्का नहाल्न समेत आग्रह गर्नु भयो । मापदण्ड विपरीत काम गर्नेहरुलाई बिर्तामोड नगरपालिकाले छुट नदिने भन्दै उहाँले सचेत रहन जोड दिनु भयो ।
नगरपालिकाबाट २५० मिटर लम्बाई,२० फुट चौडाइएको यो सडक कालो पत्रेका लागि इलामको सिद्विथुम्का निर्माण सेवा.प्रा.लि ले १३ लाख ८५ हजार ३१२ रुपैयाँमा गत असार २ गते ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार योजना
सम्पन्न गर्नका लागि २०७९ असार २ गते सम्मको लागि म्याद रहेको छ । गुणस्तरहिन कालोपत्रे भत्काएपछि स्थानीय समेत खुशी भएका छन् ।
मापदण्ड विपरीत निर्माण गरिएकाे भन्दै नगरपालिकाले भत्कायाे सडक

































































































