Homeसमाचारजयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा संक्रमण, त्रिफला र चम्लागाँई पुरस्कृत

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा संक्रमण, त्रिफला र चम्लागाँई पुरस्कृत

विर्तामोड ७ फागुन । जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष वितरण गरिंदै आएको पुरस्कार तथा सम्मान शनिबार (आज) एक कार्यक्रमका बीच वितरण गरिएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत वर्षोत्कृष्ट कृति, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मान र वर्षोत्कृष्ट सक्रिय धनमाया पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा वर्षोत्कृष्ट कृतिबाट २०७७ सालमा प्रकाशित कृतिमध्येबाट संक्रमण उपन्यासका लेखक राजेन्द्र संग्रौला, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मान २०७८ बाट झापाको धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय र धनमाया बर्षोत्कृष्ट सक्रिय महिला पत्रकारिता पुरस्कारबाट कारोबार दैनिककी झापा समाचारदाता मनिषा चम्लागाईंलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
पुरस्कृत कृति, संस्था तथा व्यक्तिलाई प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष तथा अतिथिहरु सम्मान पत्र तथा पुरस्कारको राशी समान २१/२१ हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको छ ।
कार्यक्रममा बर्षोत्कृष्ट कृतिका कृतिकार संग्रौलाको व्यक्तित्वबारे कृषि छनौट समितिका संयोजक विष्णुकुमार भट्टराई, त्रिफला पुस्तकालयकाबारेमा गंगा भट्टराई बोझे र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत चम्लागाँईको व्यक्तित्वबारे रेजिना गौतमले प्रकाश पारेका थिए । पुरस्कृत सम्मान पत्र डिल्लीराम प्रसाई र लोकराज ढकालले वाचन गरेका थिए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले स्रष्टाको लेखनले समाजमा उज्यालो छाउनुपर्ने धारणा राख्नुभयो । वर्तमानमा मान्छेको विश्वास समाचारमा रहेको बताउँदै प्रमुख अतिथि घिमिरेले सहि सूचना सम्प्रेषण गरेर समाजलाई अघि बढाउन सुझाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार मोहन भण्डारी, पुरस्कृतका तर्फबाट राजेन्द्र संग्रौला लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गर्नुभएको थियो भने सञ्चालन सचिव राजेन्द्र प्रसाईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा संक्रमण, त्रिफला र चम्लागाँई पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img