Homeसमाचारजुत्ता कारखानामा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा, भारतकासहित १९ वटा दमकल

जुत्ता कारखानामा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा, भारतकासहित १९ वटा दमकल

विर्तामोड २० माघ। झापाको मेचीनगर–६, बर्मेली टोलको एक जुत्ता उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । भारतीय दमकलको समेत सहायता लिइएको थियो । आगलागी नियन्त्रणमा लिन भारतको नक्सलबारी र मतिगढाका २ सहित विर्तामोड, दमक, भद्रपुर, लेटाङसहित झापा, मोरङस्थित विभिन्न पालिकाका १९ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा आएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।


बिहीबार दिउँसो व्यवसायी श्याम खेतान, विजय डालमियासहितको एसएस फुटवेयर जुत्ता फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागीको कारण हालसम्म खुलेको छैन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, स्थानीयबासी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा फोर्स परिचालन गरिएको थियो । उद्योगाम दिउँसो १२ बजेतिरदेखि आगलागी शुरु भएको बताइएको छ ।
उद्योगमा अचानक सल्किएको आगो बढ्दै गएसंगै आगोलाई फैलन नदिन जेसीवीको समेत प्रयोग गरिएको भएपनि आगोलाई नियन्त्रणमा लिन ५ घण्टा लागेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आगलागीबाट कारखानामा उत्पादित जुत्ता, जुत्ता बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कारखाना सञ्चालनमा रहेको भौतिक संरचना समेतको क्षति भएको छ । आगलागीबाट भएको क्षतिको वास्तविक विवरण आइनसकेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजुत्ता कारखानामा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा, भारतकासहित १९ वटा दमकल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img