Homeसमाचारसांगवेदमा पातन्जलको योगशिविर

सांगवेदमा पातन्जलको योगशिविर

विर्तामोड १ माघ । सातौं राष्ट्रिय योग दिवसको अवसर पारेर झापाको चारपानेस्थित सांगवेद विद्याश्रममा योगशिविर सम्पन्न भएको छ ।
सांगवेद बेद विद्याश्रमको स्वर्ण महोत्सवको अवसरमा पातन्जल योग समिति विर्तामोडको आयोजनामा विद्यालयमा आयोजित शिविरमा पातन्जल योग समितिका १ नं. प्रदेश सदस्य उर्मिला ढकाल लगायतले योगाभ्यास गराउनु भएको थियो ।


पातन्जल योग शिविर विर्तामोड नगर समितिका अध्यक्ष चन्द्रकान्त ढकालको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न योग शिविरमा प्रमुख अतिथि संग्रौला, सांगवेद विद्याश्रमका महासचिव छन्दुराम भण्डारी, पातन्जल योग शिविर

१ नं. प्रदेश अध्यक्ष केशव ताम्राकार, विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपाने, पातन्जल योग जिल्ला समिति झापाका अध्यक्ष श्याम ल्वागुन, पातन्जल योग समिति मेचीनगरका अध्यक्ष टेकेन्द्र ढकाल, सांगवेद विद्याश्रमका संरक्षक डिल्ली सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा वक्ताहरुले जीवनमा पञ्चकोषको महत्वपूर्ण रहेको बताउँदै पञ्चमहाभूतलाई जागृत गराउनु पर्नेमा जोड दिंदै पूर्वीय फिलोसपीलाई बढाएर लैजानु पर्ने आवश्यकता औंल्याए । कार्यक्रमा बोल्दै उनीहरुले प्रकृति नै औषधीमय रहेको देशमा व्यक्तिहरुले अतिकति मात्रै प्रयास गर्ने हो भने सबै स्वस्थ्य रहन सकिने धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन पातन्जल योग समिति विर्तामोडका सचिव भरत भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसांगवेदमा पातन्जलको योगशिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img