सुरुङ्गा २९ पुस । झापाको कनकाई नगरपालिका १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रा.लिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्य सामाग्री सहयोग गरेको छ ।
शारीरिक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल, दाल, तेल, चिनी, चना मटर लगायतका खाद्य वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष तथा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले बताउनु भयो । अध्यक्ष मैनालीले वृद्ध र अनाथहरु भन्दा पनि सुस्त मनस्थिति भएका बालबालिकालाई हेर्न निकै कठिन हुने भएकाले खाद्यन्न सहयोग गरेको बताउनु भयो ।
फाउण्डेसनले गरेको सहयोग बालबालिकाहरुको लागि र संस्थाको लागि निकै महत्वपूर्ण रहेको भन्दै कनकाइ नगरपालिका १ का वडाअध्यक्ष रोशन पोखरेलले धन्यवाद व्यक्त गर्नु भयो । खाद्यन्न सहयोग कार्यक्रममा बोल्दै सुस्त मनस्थिति सरोकार समाजकी संस्थापक अध्यक्ष शान्ता पोखरेलले अपारको सहयोगले थप हौसला मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
अपार फाउण्डेसनले बिहीबार नै महिलाहरुको जिवनस्तरलाई उकास्नको लागि भाक्का बनाएर बेच्ने महिलाहरुलाई पनि रकम सहयोग गरेको छ। राष्ट्रिय भाक्का दिवसको अवसरमा विर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा भाक्का बनाउने ३८ जना महिलाहरुलाई प्रतिव्यक्ति ५०० दरले १९ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
सरोकार समाज नेपालमा आश्रित बालबालिकालाई अपारको सहयोग

































































































