भद्रपुर २९ पुस । झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्थानीय तहमा रहेको जनशक्ति परिचालन गरेर सीमा क्षेत्रबाट हुने अब्यवस्थित आवागमन ब्यवस्थित गर्न सकिने बताउनुभएको छ ।
बुधबारदेखि प्रजिअको कार्यभार संहाल्नुभएका प्रजिअ रिजालले जिल्ला प्रशासन कार्यालय झापामा आयोजित पत्रकार भेटघाटमा ओमिक्रोन भेरियन्ट बढेसँगै खुल्ला सिमानाका भएको झापाका विभिन्न स्थानबाट स्वास्थ्य परीक्षणविना नै मानिसको आवतजावत भइरहेकोतर्फ आफू सचेत रहेको बताउँदै यसको नियन्त्रणमा स्थानीय तहको जनशक्ति परिचालन गरेर ब्यवस्थापन गर्न सकिने बताउनुभएको हो ।
कोभिड नियन्त्रण र अब्यवस्थित एवं खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानमा पहल भइरहे पनि पुर्ण नियन्त्रण गर्ने संयन्त्र तयार भैनसकेको बताउँदै उहाँले सीमा ब्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लामा शान्ती सुरक्षा कायम गर्ने, चोरी तस्करी नियन्त्रण गर्ने, अबैध आयात रोक्न र बजार अनुगममा तिब्रता दिने कार्यमा आफुले पहल गर्ने उहाँको प्रतिबद्धता छ ।
बुधबारबाटै झापा जिल्ला प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका विश्वमणि पोखरेलले खुल्ला सिमाना भएका कारण यहाँ थुप्रै चुनौति रहेपनि शान्ति सुरक्षा कायम गर्ने, लागू औषध नियन्त्रण, शान्ति सुरक्षा ब्यवस्थापन आफूहरुको नियमित काम भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले प्रत्येक सरकारी कार्यालयको ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्दै सूचना प्रवाह सहज बनाउन, ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सीमा नाका ब्यवस्थित गरेर पि.सि.आर. वा एन्टिजेन परीक्षणको ब्यवस्था गर्न, बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्न, अर्काको प्रमाणपत्र राखेर क्लिनिक सञ्चालन गर्ने समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
खुल्ला आवागमन नियन्त्रणमा चुनौति

































































































