HomeFeatured 2दैनिक बढ्दै कोरोना संक्रमण दर

दैनिक बढ्दै कोरोना संक्रमण दर

झापा २८ पुस । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३४ जनाको पीसीआर गर्दा २३३ र एन्टिजेन विधिबाट २८१ जनाको परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो अवधीमा देशभरमा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो मंगलबारको भन्दा ६ सय ३१ ले बढी हो । मंगलबार देशभर २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षण रिपोर्ट अनुसार झापामा ३१, मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारी र सुनबर्षीमा २–२, कटहरी, धनपालथान र रतुवामाईमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
Featured 2दैनिक बढ्दै कोरोना संक्रमण दर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img